• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

संघीयता खारेजीको माग गर्दै राजमोले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन (तस्बिरहरू)


  •   शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीलगायतका विषय समेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
    अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा शुक्रबार बालुवाटार पुगेको राजमो प्रतिनिधिमण्डलले ज्ञापन पत्र बुझाएको हो ।

    Advertisement

    प्रतिनिधिमण्डलमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो । महासचिव मनोज भट्टले ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष केसीबीच समसामयिक विषयमा छलफल भएको थियो । अध्यक्ष केसीले प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिमा अहिले लिइरहेको अडान नछाड्न सुझाव दिनुभयो । उहाँले नेपाल विदेशीको क्रिडास्थल बनिरहेकोतर्फ सचेत गराउँदै राष्ट्रियताको विषयमा गम्भीर बन्न पनि आग्रह गर्नुभयो ।

    जवाफमा प्रधानमन्त्रीले हालै झापामा एमाले नेतृत्वबाटै पूर्वराजालाई सक्रिय बनाउन थालिएको अभियानले आफूलाई गम्भीर बनाएको भन्दै राष्ट्रपति एमालेलाई दिन नसकिने स्पष्ट पार्नुभयो । साथै उहाँले देश युक्रेन बन्ने खतरा बढेको भन्दै राष्ट्रियता रक्षाका लागि जस्तो सुकै कदम चाल्न आफू तयार रहेको बताउनुभयो ।

    राजमोले ज्ञापन पत्रमा संघीयता खारेजीसँगै बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण, लघुवित्तको आतंक नियन्त्रण, तरकार र कृषि उपजमा विचौलियाको चलखेल रोक्नुपर्ने, बागलुङलगायतका पहाडी जिल्लाहरुमा भइरहेको चोरी, लुटपाट र हत्याबारे सरकार गम्भीर बन्नुपर्नेलगायत माग राखेको छ ।

    तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

    यस्तो छ ज्ञापन पत्र

    सम्माननीय प्रधानमन्त्रीज्यू,
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
    सिंहदरबार, काठमाडौं ।
    सम्माननीय प्रधानमन्त्रीज्यू
    विषय : ज्ञापनपत्र

    हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता, संघीयतासहितका विषय समेटेर यहाँसमक्ष निम्नानुसारको ज्ञापनपत्र प्रस्तुत गर्दछ ।

    १) देशमा गणतन्त्रको स्थापनापश्चात् गणतन्त्रलाई कमजोर पारेर वा गणतन्त्रलाई खतम गरेर देशलाई प्रतिगमनतर्फ लैजान वा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न देशीविदेशी शक्तिले षड्यन्त्र गरिरहेको यहालाई अवगत नै छ । पछिल्लो समयमा यो प्रक्रियाले तीव्रता पाएको छ । एकातर्फ, गणतन्त्र खतम गर्न देशीविदेशी शक्तिको षड्यन्त्र, अर्कोतर्फ, गणतन्त्रवादी शक्तिहरूको शासकीय शैलीका कारण पनि आम जनता गणतन्त्रप्रति निराश छन्, आक्रोशित छन् । जनताको यो असन्तोषलाई प्रयोग गरेर निर्वाचनबाट प्रतिगामी तथा अमेरिकन साम्राज्यवाद परस्त जातिवादी, शक्तिहरू संसद्मा निर्वाचित भएर पनि आएका छन् । सरकारको गठन र विघटन यी शक्तिहरु निर्णायात्मक जस्तै बन्न पुगेका छन् । जसको परिणाम यी शक्तिहरुको गणतन्त्र तथा राष्ट्रियता विरुद्ध मोलमोलाईको कथित क्षमतामा वृद्धि भएको छ । जसको परिणाम गणतन्त्रको आधारलाई कमजोर पार्दै लैजाने खतरा छ । गणतन्त्रको रक्षा गर्नु हामी सबैको दायित्व हुन्छ । त्यसतर्फ तपाईं नेतृत्वको सरकार गम्भीर हुने छ भन्ने हामीले आशा लिएका छौं ।

    २) अमेरिकी साम्राज्यवाद तथा सीआईद्वारा सञ्चालित व्यक्तिलाई पुनः गृहमन्त्रालयको जिम्मेवारी दिन तपाईंको सरकारमाथि दवाव परिरहेको छ । त्यसका बाबजुद त्यसप्रकार अवान्छित व्यक्तिलाई गृहमन्त्रीको जस्तो संवेदनशील जिम्मेवारी नदिन तपाईंले देखाएको अडानको पनि हाम्रो दलले प्रशंसा गर्दछ र त्यसका लागि तपाईं र तपाईंको सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।

    ३) देशको राष्ट्रियतमाथि गम्भीर खतरा छ । कालापानीसहितको भूभागलाई संसदभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलले नेपालको नक्सामा सामेल गर्ने प्रस्ताव पारित गरी त्यसलाई समर्थन गरे पनि अहिलेसम्म उक्त भूभाग भारतीय सेनाको कब्जामा छ । भारतीय सेनालाई फिर्ता पठाउनेबारे अहिलेसम्मका सरकारले कुनै ठोस पहल गर्न सकेका छैनन् । सरकारले यो विषयमा ठोस पहलकदमी गर्नुपर्ने आवश्यकता छ । कूटनीतिक माध्यमद्वारा यो विषयलाई समाधान गर्न भारत इच्छुक नभएको कुरा जगजाहेर छ । त्यो स्थितिमा कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यक छ । कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गर्दछौं ।

    ४) नेपालको थुप्रै भूभाग भारतले अतिक्रमण गरेको छ । अतिक्रमित भूभागलाई फिर्ता लिन नेपाल सरकारले अविलम्ब प्रयत्न गर्नुपर्दछ ।

    ५) नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमाथि आधारित छ । त्यसका विपरीत अमेरिकासँग एमसीसी सम्झौता भएको छ । अमेरिकासँग भएको एमसीसी सम्झौताको परिणाम नेपालको परारष्ट्र नीतिमा अमेरिकन प्रभाव प्रष्ट देखिन थालेको छ । नेपालमा अमेरिकाले आफ्नो प्रभावमा वृद्धि गरेर चीनका विरुद्ध नेपाली भूमि दुरूपयोग गर्ने उद्देश्य रहेको छ । नेपाललाई विदेशीको क्रिडास्थल हुन नदिन एम। सी। सी। सम्झौता खारेजका लागि अविलम्ब पहल गर्न सरकारसँग माग गर्दछौं ।

    ६) नागरिकताको प्रश्न देशको राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको प्रश्न हो । नागरिकताको सवालमा अपनाएको गलत नीतिका कारण कैयौं मुलुक टुक्रिएका छन् । गृहयुद्धको भयानक भुमरीमा परेर धनजनको गम्भीर क्षति व्यहोरेका छन् । नेपालमा अनवरत रूपमा विभिन्न बहानामा गैरनेपालीलाई नागरिकता दिने क्रम विसं २००९ सालदेखि रोकिएको छैन । यदि यो प्रक्रिया नरोकिने हो भने नेपाली जनसङ्ख्या विदेशीको जनसाङ्ख्यिक अतिक्रमणमा पर्ने र वैधानिक रूपले नेपालको राष्ट्रियता खतम हुने स्थिति देखा परेको छ। तसर्थ, नेपालको संविधान, ऐनकानुनमा मुलुकको राष्ट्रियता, सार्वभौम र अखण्डतालाई आँच पुयाउने खालका नागरिकता सम्बन्धी प्रावधानलाई संशोधन गर्न तथा नेपालको राष्ट्रिहित विपरीतका प्रावधानलाई समेटेर नागरिकता कानुन संसदमा पेश नगर्न समेत सरकारसँग माग गर्दछौं ।

    ७) राज्यमाथि धर्मको प्रभाव रोक्न र स्वयम् राज्य धर्मको विषयमा तटस्थ रहन ने धर्म निरपेक्षताको सिद्धान्तको विकास भएको हो तर नेपालमा धर्म निरपेक्षताको आडमा इसाईकरण तीव्र रूपमा बढिरहेको छ । तीव्र रूपमा बढिरहेको इसाईकरण बढ्दो इसाईकरणका विरुद्ध हिन्दु अतिवादीका गतिविधि तथा दुईटै धर्मलाई आ–आफ्‌नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियारका रूपमा प्रतिक्रियावादी तथा साम्राज्यवादीले प्रयोग गरेको हुनाले धर्म निरपेक्षता खतरामा परेको छ । धर्म निरपेक्षताको रक्षाका लागि हिन्दु अतिवादीद्वारा हिन्दु राज्य कायम गर्न तथा तीव्र ढङ्गबाट धर्म परिवर्तनका लागि भइरहेको इसाईकरणका विरुद्ध आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्दछौं ।

    ८) कुनै पनि दृष्टिकोणले सङ्घीयता नेपालका लागि उपयुक्त प्रणाली होइन । सङ्घीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटैमाथि खतरा उत्पन्न भएको छ । गणतन्त्र तथा राष्ट्रियताको रक्षाका लागि सङ्घीयता खारेज गर्नुपर्ने आवश्यकता छ । सङ्घीयताका कारण देश दिन(प्रतिदिन विदेशी ऋणको मारमा पर्ने खतरा पनि बढ्दै छ । एकातर्फ, सङ्घीयतालाई धान्न नेपालमा राजस्व, स्रोत र साधनको अभाव छ । अर्कोतर्फ, त्यसलाई धान्न विदेशी ऋण सहयोग अनुदान लिनुपर्ने बाध्यता बढ्दै छ । त्यो स्थितिमा मुलुकलाई आर्थिक भारमा पारेर प्रदेशमा शासकीय स्वरूप राख्नुको औचित्य छैन । त्यसैले प्रादेशिक तहलाई खारेज गरेर प्रदेश तहलाई जाने सम्पूर्ण बजेटलाई गाउँको विकासमा लगाउनुपर्ने आवश्यकता छ

    ९) मिटरव्याजी तथा लघुवित्तले आम सर्वसाधारण जनताको उठिबास लगाएको छ । मिटर ब्याजीहरुलाई कानुनी दायरामा आवश्यक पहलकदमी लिन सरकारसँग माग गर्दछौं । ल्याउन तथा सामन्ती साहुकारको रक्त पिपासु भूमिकामा विकास भैरहेका लघुवित्तहरुले गरिरहेको शोषणका विरुद्ध

    १०) नेपालमा बढ्दो महगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारीका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउदै त्यसमाथि नियन्त्रण तथा न्यूनिकरणका लागि आवश्यक पहलकदमीका लागि माग गर्दछौं ।

    ११) सहकारीको रकम अपचलन गर्नेमाथि कडा कानुनी कारबाहीको माग गर्दछौं ।

    १२) पहाडी जिल्लाका दुरदराजका गाउँबस्तीहरुमा देखिएको शान्तिसुरक्षाको समस्यालाई समाधान गर्न तथा बढ्दो चोरी चकारी तथा हत्यालाई नियन्त्रण गर्न सरकारसँग माग गर्दछौं ।

    १३) विचौलियाहरुको डरलाग्दो सञ्जालका कारण किसानहरुले आफैले उब्जाएको तरकारी, फलफूलको लागि उचित बजार र मूल्य पाउन सकिरहेका छैनन् । किसानहरुले उब्जाएको तरकारी र फलाएको फलफूलको उचित बजार व्यवस्थापन तथा मूल्य प्राप्त गर्न तरकारी संकलन, बजारको पहुँचका लागि सरकारीस्तरबाट पहलकका लागि माग गर्दछौं ।

    उपरोक्त विषयलाई तपाईं नेतृत्वको सरकारले गम्भीरतापूर्वक लिने छ भन्ने अपेक्षा गरेका छौं । हाम्रो दलले अगाडि सारेका विषय र मागलाई पूरा गर्न तदारुकता देखाउनु हुने छ । हामीले अगाडि सारेका कतिपय मागका विषयमा पार्टीले प्रचारात्मक प्रकारको प्रारम्भिक सङ्घर्ष अगाडि बढाएको पनि छ । यदि उपरोक्त विषयलाई गम्भीरतापूर्वक नलिएमा सरकारका विरुद्ध जनताका बिच सडकमा जानुको हामीसँग कुनै विकल्प नरहने पनि यसै ज्ञापनपत्रमार्फत् नेपाल सरकारलाई जानकारी गराउछौं ।

    मिति : २०७१ फागुन ५ गते

    प्रतिनिधि मण्डल
    १) चित्रहादुर केसी, अध्यक्ष
    २) दुर्गा पौडेल, उपाध्यक्ष
    ३) मनोज भट्ट, महासचिव
    ४) मधुकुमार क्षेत्री, कोषाध्यक्ष
    ५) घनश्याम न्यौपाने, केन्द्रीय सदस्य
    धन्यवाद !

    शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.