दाङ। दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।
Advertisement
तुलसीपुरको लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।
बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।
घाइतेमध्ये केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते केसीको अवस्था गम्भीर भएको र खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ ।