काठमाडौं । जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन नेपाल सरकारलाई प्रदान गरेको छ।
Advertisement
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरे।
राजदूत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए। उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गर्दै प्राप्तखोप राम्रो ठाउँमा पुग्नेमा आफू ढुक्क रहेको बताए।
मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा जेष्ठनागरीकमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।उनले जेष्ठ नागरिकलाई प्राथमिकता दिने बताए।