• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वागमती प्रदेशमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास हुने


  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । वागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ ।

    Advertisement

    मंगलवारबाट वागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो ।

    आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ ।

    मंगलवार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुग्नुभएका वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था आजबाट लागू भएको बताउनु भयो ।

    उहाँले अन्य प्रदेशमा धेरै अघिबाट यो व्यवस्था शुरु भएपनि वागमती प्रदेशमा भने ढिलो गरी शुरु भएको बताउनु भयो । उहाँले परीक्षार्थी सबैलाई पास हुनेगरी परीक्षार्थीमैत्री व्यवस्था लागू गरेको बताउनु भयो । सानो त्रुटीले पनि लाइसेन्स नपाउने र फेरि नयाँ प्रक्रिया शुरु गर्नुपर्ने झन्झटलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको बताउनु भयो ।

    त्यस्तै गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसोर्स सेन्टर प्रा.लि.का सञ्चालक रामनारायण घिमिरेले बाइक र स्कुटरको लागि लुकिङ ग्लास मिलाएको, हेलमेट भाइजर, फिता बाँधेको १० नम्बर छुट्याइएको बताउनु भयो ।

    उहाँले ८ मा एक पटक खुट्टा टेकेमा वा एक पटक अंकित रेखा घेरा छोएमा पनि अघि बढ्न पाउने सिस्टम रहेको बताउनु भयो ।

    त्यसमा ५/५ अंक काटिनेछ । त्यस्तै ८ बाट बाहिर निस्किएपछि न्यारोरोडमा स्कुटी बाइक तल झरेको खण्डमा फेल हुनेछ भने साइड लाइट नबालेको खण्डमा १० अंक काटिनेछ । जेब्रा क्रसिङमा रातो र पहेँलोमा नरोकी कन अघि बढ्नसकिने छ तर त्यसमा १५ अंक काटिने छ ।

    यद्यपी हरियो रङको लाइट बलेको बेलामा गए नम्बर काटिने छैन । स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएमा वा एक पटक खुट्टाले छोए ५/५ नम्बर काटिनेछ भने एक पटक भन्दा बढी खुट्टा टेकेमा र स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ । उकालोमा अगाडिको घेरा छुन नपाइने तर एक पटक स्टार्ट बन्द भए वा बाइक ६ इन्च भन्दा पछाडि नगएमा भने प्रक्रिया अघि बढ्नेछ । ओरालोमा पनि अंकित रेखा नछोए अघि बढ्न सकिनेछ । त्यस्तै चार पांग्रे सवारीसाधनको हकमा ८ मा अंकित रेखामा २ पटकसम्म लाइन छोएमा अघि बढ्नसक्ने व्यवस्था छ ।

    त्यस्तै एक जना सेवाग्राहीले सानो त्रुटीले फेल भइरहेको बेलामा यस्तो व्यवस्थाले आत्मविश्वास बढाएको बताउनु भयो ।

    ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भएपनि मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ ।

    वागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्यक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायलमा फेल हुनेछैन ।

    दुई पटकभन्दा बढी उक्त रेखा छोए सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, एक पटकभन्दा धेरै पटक खुट्टाले भुई टेके, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तिर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

    मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.