काठमाडौँ । सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबारमा वार्ता सुरु भएको छ।
Advertisement
बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो ।
सो, वार्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागितामा भएको छ । यसमा यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।
आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीलाई विवाह, बिरामी र विद्यार्थी बोकेको गाडी चल्न दिन निर्देशन दिइएको छ ।
सोमबार ल्होत्से मलमा यातायात मजदुरहरूलाई कुटपिट भएपछि आन्दोलन सुरु भएको थियो ।