• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

बागलुङमा खेलाडी छन्, खेलमैदान छैन


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • ढोरपाटन । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल खेल्दै आएका छन् ।

    Advertisement

    चाडपर्व, मेला–महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूला–ठूला पुरस्कार राशिको खेलकुद प्रतियोगिता हुन्छन् ।

    खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेलमैदान छैन । भए पनि साँघुरा छन् ।

    उपयुक्त खेलमैदान नहुँदा पनि खेलाडी उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा खेल्दै आएका छन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ । त कति विदेशिनुपरेको छ ।

    त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । उनीहरूले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् ।
    बागलुङबाट रवि केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार, सोफया पुनलगायत दर्जनौँ खेलाडीले राष्ट्रियस्तरमा आफ्नो पहिचना स्थापित गराउन गर्न सफल भइसकेका छन् ।

    अहिले पनि उनीहरुकै पछि–पछि सयौँ बालबालिका तथा युवा भलिबल र फुटबल खेल्दै आएका छन् । खेलमैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लोस्तरको खेल कसरी खेल्न सकिन्छ भन्ने अन्योलमा छन् । राम्रो प्रशिक्षक र खेलमैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नुपरेको भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी दिल सुनारले बताउनुभयो ।

    निसीखोला गाउँपालिका–१ का सुनारले विगतमा आफू पाटाको कुना, खोला किनारमा खेल्दै सिकेको स्मरण गर्दै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताउनुभयो । पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको सुनार बताउनुहुन्छ । अहिले पनि राज्यको खेलप्रति हेरिने दृष्टिकोण फेरिन नसकेको उहाँको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, ‘खेल क्षेत्रमा अहिलेका पुस्तामा निकै ठूलो क्रेज छ, यो क्षेत्र निकै गौरव गर्न लायक क्षेत्र पनि हो, तर उपेक्षामा परेको जस्तो लाग्छ, अहिले पनि नयाँ–नयाँ सम्भावना बोकेका खेलाडी उत्पादन भइरहेका छन्, खेल्ने राम्रो वातावरण भएको भए उनीहरू देशमा मात्रै होइन, विदेशमा पनि छवि कमाउन सक्थे ।’
    बडिगाडका नवीनकुमार घर्तीले गाउँघरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नुपरेको सुनाउनुभयो । घर्तीले समथर खेलमैदान नहुँदा काठ, ढुङ्गामुडामाथि खेल खेल्नुपर्ने स्थिति रहेको गुनासो पोख्नुभयो ।

    ग्रामीण क्षेत्र निकै भिराला र अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको घर्तीको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, ‘स्कुलमा हो सबैभन्दा बढी खेल खेल्ने, दिउँसो पढाइ हुन्छ, बिहान–बेलुकी पर्याप्त समय हुँदैन, गाउँमा खेल्ने त उही मेला महोत्सवमा हुने प्रतियोगितामै हो, अरु समय त ठाउँ पनि हुँदैन, समय पनि त्यस्तै हुन्छ ।’

    जिल्लाको बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर, वडा नं ९ को भकुण्डे, काठेखोला गाउँपालिका–७ रेश र तमानखोला गाउँपालिका–३ तमानगाउँमा बाहेक अन्य ठाउँमा पर्याप्त खेलमैदान छैनन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले सरकारले जिल्लाका खेलकुदसम्बद्ध सङ्घसंस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ, ‘बजेट कहाँ छ ?, कहाँबाट कति आउँछ, यसबारेमा खेलकुद विकास समितिलाई थाहै हुँदैन, खेलाडीको धेरै गुनासो खेलमैदानकै भएको हुँदा पछिल्लो समय हामीहरूले यसबारेमा जानकारी लिन थालेका छौँ ।

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.