काठमाडौं । ढाकास्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा भएको साफ यू २० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । घरेलु टोली बगंलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
नेपाललाई पराजित गरेसँगै बंगलादेशले तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको छ । फाइनलमा बंगलादेशसँग नेपाल ३–० ले पराजित भएको हो।
साफ यू २० महिला च्याम्पिनयसिपमा नेपाल पराजित भएसँगै सन् २०१८ कै इतिहास दोहोरिएको छ । सन् २०१८ मा साफ यू १८ को नाममा भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेशसँग १–० गोल अन्तरले पराजित हुँदै उपविजेतामै सिमित बनेको थियो । बंगलादेश सन् २०१८ र २०२१ च्याम्पियनसिपको उपाधि जितेको थियो ।
नेपालले साविक उपविजेता भारतलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो।

