काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
Advertisement
यही माघ २७ गते दिनको तीन बजे राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ। त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ।