मोगादिसु । सोमालियामा यहाँको सेनाले यहाँका विद्रोही अलसबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकु मारिएका छन् ।
यहाँका सैन्य अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुई जना अलसबाब सशस्त्र समूहका दुई जना कमान्डर पनि रहेका छन् ।
देशव्यापी रूपमा गरिएको कारबाहीमा उनीहरू मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् । बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गर्नुभएको छ ।
उहाँले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकुको ज्यान गएको र अरू कैयौँ घाइते भएका जानकारी दिनुभयो । उहाँले यहाँको सेनाले अलसबाबका लडाकुका विरुद्धमा विशेष प्रतिरक्षात्मक कारबाही सुरु गरेको र यो कारबाही अझै केही दिन रहने पनि बताउनुभएको थियो । (रासस/सिन्ह्वा)