• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल


  •   बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
  • किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि सुरु भएको राजनीतिक र सार्वजनिक असन्तुष्टिले युक्रेनी सेनाको शीर्ष नेतृत्वमै व्यापक फेरबदल गराएको छ । केही दिनको विरोध प्रदर्शनपछि सेनाका कमान्डर–इन–चिफ ओलेक्सान्डर सिर्स्की पनि पदबाट हटाइनुभएको छ भने उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ ।

    Advertisement

    फेडोरोभको बर्खास्तीपछि सुरु भएको प्रदर्शन सुरुमा उहाँको पुनर्बहालीको मागमा केन्द्रित भए पनि पछि सिर्स्कीको नेतृत्वविरुद्ध केन्द्रित भएको थियो । प्रदर्शनकारीहरूले सिर्स्कीलाई हटाएर सेनामा व्यापक सुधार अघि बढाउन माग गरेका थिए । फेडोरोभ र सिर्स्कीबीच सैन्य रणनीति र सुधारका विषयमा लामो समयदेखि मतभेद रहेको बताइएको छ ।

    राष्ट्रपति जेलेन्स्कीका लागि यो पछिल्लो एक वर्षभित्र सार्वजनिक दबाबपछि महत्त्वपूर्ण निर्णय परिवर्तन गर्नुपरेको दोस्रो घटना हो । यसअघि सन् २०२५ मा भ्रष्टाचारविरोधी निकायको अधिकार सीमित गर्ने प्रयासपछि पनि उहाँले आलोचनाको सामना गर्नुभएको थियो ।

    नवनियुक्त सेनाप्रमुख द्रापातीलाई आधुनिक युद्धको अनुभव, व्यावहारिक नेतृत्व र सुधारप्रति सकारात्मक दृष्टिकोण भएका कमान्डरका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार उहाँको नियुक्तिले सोभियत सैन्य सोचबाट प्रभावित पुरानो नेतृत्वलाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याएको सङ्केत दिएको छ ।

    किएभस्थित सैन्य विश्लेषक ओलेक्सान्डर मुसियेन्कोले द्रापातीप्रति सैनिकहरूमा उच्च विश्वास रहेको र उहाँको नियुक्तिले सेनाको मनोबल बढाउन तथा लडाकू क्षमता सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो ।

    पश्चिमी रक्षा अधिकारीहरूले फेडोरोभ र सिर्स्कीबीचको कार्यशैलीलाई ‘फरक ग्रहका व्यक्ति’ जस्तै रहेको टिप्पणी गरेका छन् । फेडोरोभले प्रविधिमा आधारित आधुनिक युद्ध रणनीतिलाई प्राथमिकता दिनुभएको थियो भने सिर्स्की परम्परागत स्थल–सैन्य रणनीतिमा जोड दिने पक्षमा रहनुभएको बताइएको छ । विश्लेषकहरूका अनुसार द्रापाती यी दुई दृष्टिकोणबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्वका रूपमा उदाउनुभएको छ ।

    सिर्स्कीमाथि अत्यधिक केन्द्रीकृत कमान्ड प्रणाली, जटिल प्रशासनिक संरचना र सीमित भूभागका लागि सैनिकको अत्यधिक क्षति हुने रणनीति अपनाएको आरोप लाग्दै आएको थियो । विशेषगरी ४२५औँ सेपरेट असल्ट रेजिमेन्टसँग सम्बन्धित विवाद, प्रशिक्षण शिविरमा दुर्व्यवहार र गैरयुद्धजन्य मृत्युका आरोप सार्वजनिक भएपछि सेनाको नेतृत्वमाथि थप प्रश्न उठेको थियो । ती आरोपपछि अनुसन्धान सुरु भई सम्बन्धित रेजिमेन्टका कमान्डर निलम्बनमा परेका छन् ।

    कतिपय सांसद र विश्लेषकले यो घटनालाई युद्धकालमा पनि युक्रेनमा लोकतान्त्रिक उत्तरदायित्व कायम रहेको उदाहरणका रूपमा व्याख्या गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक दबाबपछि राष्ट्रपतिले निर्णय पुनरावलोकन गर्नु जनमतप्रतिको उत्तरदायित्वको सङ्केत हो । तर केहीले भने सार्वजनिक दबाबका आधारमा सैन्य नेतृत्व परिवर्तन गर्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण नजिर बन्न सक्ने चेतावनी दिएका छन् ।

    युक्रेनको भ्रष्टाचारविरोधी कार्य केन्द्रकी बोर्ड सदस्य टेटियाना सेभचुकले चुनाव स्थगित भएका अवस्थामा नागरिकका लागि विरोध प्रदर्शन नै आफ्नो आवाज सुनाउने प्रमुख माध्यम बनेको बताउनुभयो । उहाँका अनुसार सरकारले जनअसन्तुष्टि सडकमा पुग्नुअघि नै सम्बोधन गर्नुपर्ने थियो ।

    फेडोरोभको बर्खास्तीपछि सामाजिक सञ्जालमा राष्ट्रपति जेलेन्स्कीको निर्णयको व्यङ्ग्य गर्दै अनेकौँ टिप्पणी र सामग्री सार्वजनिक भएका छन्, जसले घटनाको राजनीतिक प्रभावलाई थप उजागर गरेको छ ।

    रक्षामन्त्रीका रूपमा करिब छ महिनाको कार्यकालमा फेडोरोभले युक्रेनी सेनाको आधुनिकीकरणलाई तीव्रता दिने प्रयास गर्नुभएको थियो ।

    उहाँले लामो दूरीका प्रहार प्रणाली, फाइबर–अप्टिक ड्रोन, निगरानी प्रणाली तथा अन्य अत्याधुनिक प्रविधिमा लगानी बढाउनुभएको थियो । साथै, ड्रोन खरिद विस्तार, प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीसम्बन्धी नयाँ सम्झौता, ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण र सैन्य खरिद प्रणालीमा सुधारलाई पनि प्राथमिकता दिनुभएको थियो ।

    उहाँले अग्रपङ्क्तिमा खटिने सैनिकका लागि उच्च तलब, थप बिदा तथा सेवा सर्तमा लचकता ल्याउने प्रस्तावसमेत अघि सार्नुभएको थियो, जसले सैनिक समुदायमा व्यापक समर्थन पाएको थियो । यद्यपि फेडोरोभले पुनर्बहाली नभएसम्म अर्को सरकारी जिम्मेवारी स्वीकार गर्न इच्छुक नरहेको बताइएका कारण उहाँको आगामी राजनीतिक भूमिकालाई लिएर युक्रेनमा चासो बढेको छ ।

    बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.