काठमाडौं । सूदुर तथा मध्यपश्चिममा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
Advertisement
मंगलबार दिउँसो २ः४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
सुदूरपश्चिमको बाजुरा जिल्लाको बिच्छ्या केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ भने केही स्थानमा घरहरु भत्किएको बताइएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।