दुर्गानाथ खरेल ##
उत्पादनको क्रममा मानिसले केवल प्रकृतिमाथि आफ्नो प्रभाव पार्ने मात्र होइन, उनीहरूले आपसमा एकअर्कालाई पनि प्रभावित गर्दछन् ।
पुँजीपति उत्पादनको एउटा सामाजिक सम्बन्ध हो । पुँजीमा सामेल भएको समाजको उत्पादन सम्बन्ध हो ।
नागरिक समाज अधिकारको उपयोग गर्ने समाज भएकाले राज्यबाट व्याख्या गरेर महान् कार्य हुन सक्दैन ।
उत्पादक शक्तिहरू मानिसका व्यावहारिक कृयाकलापको परिणाम हुन्छन् । बितेको पिँढीले गरेका काम उत्पादनका कच्चा पदार्थको रूपमा नयाँ उत्पादन शक्तिले ग्रहण गर्दछन् ।
मानिसहरूले उत्पादन, उपभोग र विनिमय गर्ने तरिका नयाँ हुँदासाथ आफ्नो उत्पादन पद्धतिलाई बदल्छन् । आफ्ना सामाजिक सम्बन्धलाई पनि बदल्छन् । आफ्ना सामाजिक सम्बन्धअनुरूप सिद्धान्त, विचार र प्रवर्ग पनि हुन्छन् ।
राजनीति, कानुन, दर्शन, धर्म, साहित्य, कला आदिको विकास आर्थिक विकासमाथि निर्भर हुन्छ । यी सबैले एकअर्कालाई र आर्थिक आधारलाई पनि प्रभावित पार्दछन् ।
प्रत्येक समाज आर्थिक आवश्यकताद्वारा शासित हुन्छ । आवश्यकता परेको व्यक्ति पाइएर काम अगाडि बढ्छ ।
श्रमको विभाजनमा विद्यमान चरणले श्रमका सामग्री, औजार र उपजको सन्दर्भमा व्यक्तिका आपसी सम्बन्धलाई पनि निर्धारित गर्दछ ।
राज्यभित्र सम्पूर्ण सङ्घर्ष, प्रजातन्त्र, अभिजाततन्त्र र राजतन्त्रको बिच सङ्घर्ष, मताधिकारको लागि सङ्घर्ष आदि आदि भ्रामक हुन् र भिन्न भिन्न वर्गका बिच वास्तविक सङ्घर्ष हुन्छ ।
चेतना आरम्भदेखि नै एउटा सामाजिक उपज हो । चेतना प्राकृतिक धर्म पनि हो । यो सम्बन्ध सामाजिक रूपद्वारा निर्धारित हुन्छ । फेरि समाजको रूप उनीहरूद्वारा निर्धारित हुन्छ । मान्छेको सहज प्रवृत्ति सचेत प्रवृत्ति हो । सुरुदेखि नै समूहिकतामा भर पर्छ ।
भौतिक र मानसिक श्रमविभाजनको अवस्थादेखि यथार्थको प्रतिनिधित्व नगरिकन कुनै अवस्था र चेतना एकअर्काको विरोधमा खडा हुनैपर्छ ।
राज्यभित्र सम्पूर्ण सङ्घर्ष, प्रजातन्त्र, अभिजाततन्त्र र राजतन्त्रको बिच सङ्घर्ष, मताधिकारको लागि सङ्घर्ष आदि आदि भ्रामक हुन् र भिन्न भिन्न वर्गका बिच वास्तविक सङ्घर्ष हुन्छ ।
जबसम्म विशेष र सामान्य हितको बिचमा अन्तर सामान्य रहन्छ, मनुष्यको आफ्नो कार्य आफ्ना विरुद्ध विजातीय शक्ति बन्न जान्छ । त्यसैले उसलाई दास बनाउँछ ।
व्यक्तिको विश्व ऐतिहासिक अस्तित्व विश्व इतिहाससँग प्रत्यक्ष रूपले जोडिएको हुन्छ ।
कम्युनिस्टका लागि यस बेला अस्तित्वमा भएका पूर्वाधारबाट उत्पन्न भएको अवस्थाले विद्यमान अवस्थालाई मेटाउँछ ।
उत्पादनका प्राकृतिक साधनमा व्यक्ति प्रकृतिको अधिन हुन्छन् । श्रमबाट उत्पादित वस्तुमा सञ्चित श्रमको प्राकृतिक वस्तुसँग विनिमय हुन्छ । दोस्रो मामिला मान्छेहरूको आपसमा विनिमय हो । त्यसमा शारीरिक कृयाकलाप र मानसिक कृयाकलापको विभाजन व्यावहारिक रूपमा पूर्ण भइसकेको हुन्छ ।
मुद्राले ठोस रूप प्रहण गर्न पुग्छ । ठुलो उद्योग भएपछि मात्र निजी स्वामित्व मेटाउन सम्भव हुन्छ किनभने उत्पादन प्रकृयाले नै मान्छेलाई अनुशासित र सङ्गठित बनाइसकेको हुन्छ ।
सहरमा ज्यालादारीको आवश्यकताबाट निम्न वर्ग उत्पन्न भयो । त्यतिखेर मालिक बन्ने इच्छा राख्ने व्यक्ति शिल्पकारितामा प्रवीण हुनुपर्दथ्यो । आधुनिक मजदुरको तुलनामा बढीभन्दा बढी आफ्नो कामको मातहतमा हुन्थ्यो । उसले उत्पादन गर्ने र विनिमय गर्नेसमेत कामको नेतृत्व आफैले गर्नुपर्ने त्यतिखेरको उत्पादन र विनिमय प्रकृया हुन्थ्यो ।
कुनै स्थानमा आविष्कार गरिएको उत्पादक शक्तिहरू सम्बन्ध विस्तारसँग सम्बन्धित हुन्थे । विभिन्न भूभागका व्यक्ति अथवा सम्पूर्ण जातिहरू प्रतिस्प्र्धात्मक सङ्घर्षमा तानिन्थे । ठुला आकारको उद्योगमाथि विश्वस्तरको सम्बन्ध हुनुपर्दथ्यो । त्यस्तो भएमा मात्र उत्पादक शक्तिहरूको स्थायित्व र सुनिश्चितता हुने गर्दथ्यो तर पनि आपसी सम्बन्ध भने प्रतिस्पर्धात्मक नै हुने गर्दथ्यो । त्यसरी सन् १४९२ देखि १६४० सम्मको अवधिमा पुँजीवादको विकास हुँदै गयो ।
सुरुमा व्यापारको दायरा फराकिलो हुँदै गयो । त्यसले ठुला उद्योग स्थापनाको लागि आधार तयार पार्यो । त्यसपछि सोझै राज्यसत्ताको कब्जा गर्नुपर्ने खाँचो निम्त्यायो । सामन्ती राज्यसत्तालाई सशस्त्र सङ्घर्षबाट हटाएर पहिलोपटक पुँजीपति वर्गको राज्यसत्ता स्थापना भयो । यो व्यवस्था पुँजीवादी राज्यसत्तासहितको पुँजीवादी राज्यव्यवस्था थियो । त्यसले सामन्ती ठाँटबाठ, धाकरवाफमा अडेको सामन्ती राज्यसत्ताको ठाउँमा नाफाको लागि काम गर्ने राज्यसत्ता स्थापना भयो । मजदुर र किसानको समेत सहयोग र समर्थनमा पुँजीपति सत्तासिन भए । आवधिक चुनाव, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष हुनन् । धर्मको विरोध गर्ने र मजदुरको श्रमशोषण गरे पनि उनीहरूका सेवासुविधामा ध्यान दिने गरी पुँजीपति वर्ग प्रगतिशील शक्तिको भूमिकामा रह्यो ।
सबभन्दा शक्तिशाली पुँजीवादी राष्ट्र इङ्गल्यान्डले व्यापार तथा म्यानुफ्याक्चरमाथि आफ्नो प्रभुत्व कायम राख्यो । पहिलो साम्राज्यवादी देश ब्रिटेनले घरेलु बजारमा संरक्षण शुल्क, औपनिवेशिक बजारमा एकाधिकार तथा विदेशबाट यथासम्भव भेदभावपूर्ण शुल्क असुल गरेर आफ्नो देशको पुँजीवादी प्रणाली बचाइयो ।
पहिलोपटक सन् १६४० मा ब्रिटेनमा स्थापना भएको राज्यसत्ता संसारका अरू देशमा पनि प्रचार प्रसार भई पुँजीपति वर्ग सत्तासिन हुँदै गए । सामन्ती राज्यसत्ता विस्थापित हुँदै गए । सन् १८४८ सम्मको करिब दुई सय वर्षसम्म पुँजीपति वर्गले आफ्नो नाफाका लागि काम गर्ने राज्यसत्तालाई प्रगतिशील भूमिकामा राखी राख्न सफल भए ।
सबभन्दा शक्तिशाली पुँजीवादी राष्ट्र इङ्गल्यान्डले व्यापार तथा म्यानुफ्याक्चरमाथि आफ्नो प्रभुत्व कायम राख्यो । पहिलो साम्राज्यवादी देश ब्रिटेनले घरेलु बजारमा संरक्षण शुल्क, औपनिवेशिक बजारमा एकाधिकार तथा विदेशबाट यथासम्भव भेदभावपूर्ण शुल्क असुल गरेर आफ्नो देशको पुँजीवादी प्रणाली बचाइयो ।
ठुला उद्योगद्वारा उत्पादन हुने सर्वहारा वर्गले पुँजीपति वर्गलाई समर्थन त्यति बेलासम्म गर्यो, जतिबेलासम्म उनीहरूको आफ्नो दर्शन र आफ्नो मुक्तिका विषयमा विज्ञानसम्मत वैचारिक हतियार पाउन सकेन । पछि मजदुरको मुक्ति मजदुरबाहेक अरूले गर्दैनन् भनेर पुँजीपति वर्गले मजदुरको शोषण गर्ने अतिरिक्त मूल्यको वास्तविकता आफ्नो राजनैतिक अर्थशास्त्र माक्र्सले उत्पादन गरे । जबसम्म सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एक भएको सङ्गठित शक्तिले राज्यसत्ता कब्जा गर्दैन र समाजवाद स्थापना गर्दैन, तबसम्म मजदुरको शोषण भइरहन्छ भन्ने सैद्धान्तिक, राजनीतिक हतियार मजदुरले पाउन सकेका थिएनन् । तबसम्म पुँजीपति वर्ग र पुँजीवादी व्यवस्था प्रगतिशील शक्ति र प्रगतिशील व्यवस्थाको भूमिकामा रहिरह्यो ।
सन् १८४८ फेब्रुअरीदेखि पुँजीवादी व्यवस्था प्रतिगामी व्यवस्था र समाजवादी व्यवस्था प्रगतिशील व्यवस्थाको रूपमा आआफ्नो स्थान ग्रहण गर्न बाध्य भए । तब ठुला उद्योगद्वारा तयार हुने सर्वहारा वर्गले नेतृत्व सम्हाल्छ । पूरा जनसमुदायलाई आफ्नो साथमा लैजान्छ । त्यसका लागि राज्यसत्तामा आमूल परिवर्तनको खाँचो पर्दछ । मजदुरले माक्र्सवादलाई आफ्नो बौद्धिक हतियारको रूपमा स्वीकार गर्दछ र माक्र्सवादले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्याउँछ । जनताको साथ–सहयोगमा सर्वहारा वर्गले राज्यसत्ता कब्जा गर्छ ।
उत्पादनका विभिन्न रूपहरू श्रमका र सम्पत्तिको सङ्गठनका रूप पनि हुन् ।
वैयक्तिक अर्थव्यवस्थाको उन्मूलन परिवारको उन्मूलनबिना असम्भव छ ।
अर्को कुरा समाजमा कम्युनिस्ट पार्टीको अधिनायकत्व सञ्चालन गर्न सकिन्न र गर्न पनि हुन्न । पार्टी आस्थाको केन्द्र मात्रै हो । अधिनायकत्व वर्गकै हुन्छ र हुनुपर्छ ।
धेरै पुस्तादेखि एउटा निश्चित दिशा पक्रेर हिँडेको समाजलाई त्यसको ठिक विपरीत दिशामा हिँडाउने काम अवश्य पनि सजिलो हुन्न । एकै पुस्तामा अभ्यस्त बनाउन पनि सकिन्न ।
अर्को वर्गका विरुद्ध समान लडाइँ चलाउन फरक फरक व्यक्तिहरूले वर्गको गठन गर्दछन् अन्यथा प्रतिस्पर्धाको रूपमा एकअर्कोसँग शत्रुतापूर्ण सम्बन्ध हुन्छ । अर्कोतिर, वर्गले पनि व्यक्तिहरूको विरुद्ध स्वतन्त्र अस्तित्व प्राप्त गर्दछ । व्यक्तिहरूको निजी विकास उनीहरूको वर्गद्वारा निर्धारित हुन्छ । व्यक्तिहरू वर्गको अधिनस्त हुन जान्छन् । यो श्रमविभाजनको अधिनस्त हुने जस्तै प्रक्रिया हो ।
निश्चित वर्गअन्तर्गतको सम्मेलनलाई वर्गले मूर्त रूपधारण नगर्दासम्म सत्ताधारी वर्ग विरुद्ध आफ्नो वर्गहित बाँकी रहन्न ।
पार्टी गठनको हिसाबले पार्टीभित्र सबै तह र तप्काका व्यक्तिहरू पार्टीमा सहभागी हुन्छन् ।
पार्टी गतिशील हुने पक्ष प्रतिपक्षको अन्तरविरोधले हो । त्यसो गर्दा दुईओटा पक्षमा ध्यान दिइएन भने त्यो पार्टी वर्गको प्रतिनिधि संस्था बन्न सक्दैन । एउटा– विधान, प्रतिवेदन जस्ता दस्तावेजको अध्ययन र पालना, दोस्रो– पार्टीभित्रका सर्वहारा वर्ग र पार्टीबाहिरका सर्वहारा वर्गबिच सुमधुर सम्बन्धको स्थापना र सञ्चालन । यी दुईओटा पक्ष यति महत्त्वपूर्ण छन् कि सर्वहारा वर्गको अधिनायकत्वबेगर पार्टी सञ्चालन हुन नसक्ने हुन जान्छ ।
अर्को कुरा समाजमा कम्युनिस्ट पार्टीको अधिनायकत्व सञ्चालन गर्न सकिन्न र गर्न पनि हुन्न । पार्टी आस्थाको केन्द्र मात्रै हो । अधिनायकत्व वर्गकै हुन्छ र हुनुपर्छ ।
धेरै पुस्तादेखि एउटा निश्चित दिशा पक्रेर हिँडेको समाजलाई त्यसको ठिक विपरीत दिशामा हिँडाउने काम अवश्य पनि सजिलो हुन्न । एकै पुस्तामा अभ्यस्त बनाउन पनि सकिन्न ।
जहाँसम्म वर्गसङ्घर्षको कुरा हो, यो वर्गले लड्ने लडाइँ हो । गैरवर्गको अभिनय काम लाग्दैन ।
समुदायमा व्यक्तिहरूले व्यक्तिको रूपमा भाग लिन्छन् । अस्तित्वका यी अवस्था एउटा समय विशेषमा उत्पादक शक्तिहरू र उत्पादन सम्बन्ध व्यक्तिहरूको व्यक्तिगत विकास तथा गतिविधिको अवस्थालाई उनीहरूको नियन्त्रणमा ल्याउँछ ।
कम्युनिस्ट आन्दोलनले पहिलोपटक तिनीहरूको प्राकृतिक रूपबाट वा सचेत रूपबाट एक्यबद्ध व्यक्तिको शक्तिको अधिनस्त गर्दछ । यसको सङ्गठन मूलत: आर्थिक हो । उनीहरूलाई सामग्री दिने पूर्ववर्ती पिँढीहरूको योजना नमानिकन विरोधी अवस्था सृजना गर्ने व्यक्तिका लागि स्वाभाविक पनि नहुन सक्छ ।
प्रत्येक युगमा अस्तित्वमा पाइने भिन्न भिन्न तत्त्वहरूको विभेद भिन्न भिन्न समयमा फरक महत्त्वका हुन्छन् । व्यक्तिहरूले सिद्धान्तअनुसार होइन, जीवनमा भौतिक टकरावद्वारा विवश पारिनाले काम गर्दछ ।
धनको अर्थ व्यक्तिको रूपमा व्यक्तिको संसर्ग नभई पूर्ववर्ती विशेष अवस्थाभित्र व्यक्तिको संसर्ग थियो । ती अवस्थाहरू सञ्चित श्रम अथवा निजी सम्पत्ति र वास्तविक श्रम दुईओटा अवस्था रहन जान्छन् । श्रमविभाजन जति बढी विकसित हुन्छ तथा सञ्चय जति बढी वृद्धि हुन्छ, विभेदीकरणको प्रक्रियाका रूपहरू त्यति नै तीक्ष्ण बन्दै जान्छन् ।
संसर्गको रूपसँग उत्पादक शक्तिहरूको सम्बन्ध व्यक्तिहरूको व्यवसाय अथवा कार्यकलापसँग र व्यक्तिहरूसँग संसर्गको रूप हो । यो रूप भौतिक रूप हो । त्यसमाथि मानसि,क धार्मिक सबै रूप निर्भर हुन्छन् । संसर्गको पूर्ववर्ती विकसित रूपको स्थानमा नयाँ रूप आइपुग्दा व्यक्तिका लागि सो कृयाकलापको विधि आफ्नै पालोमा पुन: बन्धन बन्न जान्छ । यो मनुष्यका शक्तिको विकासको इतिहास पनि हो ।
समाजमा मान्छेको विचारमा मानव समाजको सुरुदेखिको परम्परागत व्यवस्थाको छाप रहेको हुन्छ । एकैपटक त्यसमा आमूल परिवर्तनको विचारले विस्थापित गर्न सक्दैन । नयाँ विचार सतही र पुरानो छाप गहिराइसम्म पुगेको हुन्छ । त्यही कारण हो कि क्रान्तिपछि प्रतिक्रान्ति अथवा परिवर्तनपछि प्रतिगमन भएका धेरै उदाहरण पाइन्छन् ।
विश्व दृष्टिकोणमा आमूल परिवर्तन गरेपछि त्यसलाई भौतिक शक्तिमा रूपान्तरण गर्नुपर्छ ।
धनको अर्थ व्यक्तिको रूपमा व्यक्तिको संसर्ग नभई पूर्ववर्ती विशेष अवस्थाभित्र व्यक्तिको संसर्ग थियो । ती अवस्थाहरू सञ्चित श्रम अथवा निजी सम्पत्ति र वास्तविक श्रम दुईओटा अवस्था रहन जान्छन् । श्रमविभाजन जति बढी विकसित हुन्छ तथा सञ्चय जति बढी वृद्धि हुन्छ, विभेदीकरणको प्रक्रियाका रूपहरू त्यति नै तीक्ष्ण बन्दै जान्छन् ।
श्रम यस विभेदीकरणको पूर्वाधारमा मात्र अस्तित्वमा रहन सक्छ । यसकारण उत्पादन उपकरणको समग्रताको अधिग्रहण स्वयम् व्यक्तिको क्षमताको समग्रताको विकास हो ।
आधार र उपरी संरचनाको सम्बन्धको परिणामबारे लेनिनले भनेका छन् : (१) उत्पादक शक्तिको अवस्था, (२) त्यसद्वारा निर्धारित आर्थिक सम्बन्ध, (३) सामाजिक–राजनीतिक प्रणाली, जुन आर्थिक आधारमाथि विकसित हुन्छ, (४) प्रत्यक्ष अर्थतन्त्र र सामाजिक आर्थिक प्रणाली, जुन अर्थतन्त्रमाथि विकसित भएको हुन्छ, यिनीहरूबाट नै निर्धारित भएको हुन्छ, (५) विभिन्न विचारधारा, जसले यो मानसिकतालाई प्रतिविम्बित गर्दछन् ।
उपर्युक्त पाँचओटा बुँदाको बयानका आधारमा हामीले भन्न सक्छौँ कि कुनै पनि व्यवस्था आर्थिक आधारमा टिकेको हुन्छ । एकपटक उपरी संरचना कायम भएपछि त्यसले फेरि आर्थिक आधारमा प्रभाव पार्न सक्छ । मानिसहरू वैचारिक रूपले परिपक्व भएपछि त्यो भौतिक शक्ति बन्छ र त्यसले आमूल परिवर्तनमा शक्तिशाली सहयोगीको काम गर्दछ ।
जनतालाई भौतिक शक्ति प्रयोग गरियो भने त्यो अस्थायी हुन्छ र वैचारिक हतियारबाट उठेको राजनैतिक चेतना बलियो भौतिक हतियारको रूपमा शसक्त भूमिकामा रहन्छ । त्यसकारण कम्युनिस्ट पार्टीले गर्ने काम भनेको जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने नै हो ।