• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

समाजको संरचना


  •   शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    उत्पादनको क्रममा मानिसले केवल प्रकृतिमाथि आफ्नो प्रभाव पार्ने मात्र होइन, उनीहरूले आपसमा एकअर्कालाई पनि प्रभावित गर्दछन् ।

    Advertisement

    पुँजीपति उत्पादनको एउटा सामाजिक सम्बन्ध हो । पुँजीमा सामेल भएको समाजको उत्पादन सम्बन्ध हो ।

    नागरिक समाज अधिकारको उपयोग गर्ने समाज भएकाले राज्यबाट व्याख्या गरेर महान् कार्य हुन सक्दैन ।

    उत्पादक शक्तिहरू मानिसका व्यावहारिक कृयाकलापको परिणाम हुन्छन् । बितेको पिँढीले गरेका काम उत्पादनका कच्चा पदार्थको रूपमा नयाँ उत्पादन शक्तिले ग्रहण गर्दछन् ।

    मानिसहरूले उत्पादन, उपभोग र विनिमय गर्ने तरिका नयाँ हुँदासाथ आफ्नो उत्पादन पद्धतिलाई बदल्छन् । आफ्ना सामाजिक सम्बन्धलाई पनि बदल्छन् । आफ्ना सामाजिक सम्बन्धअनुरूप सिद्धान्त, विचार र प्रवर्ग पनि हुन्छन् ।

    राजनीति, कानुन, दर्शन, धर्म, साहित्य, कला आदिको विकास आर्थिक विकासमाथि निर्भर हुन्छ । यी सबैले एकअर्कालाई र आर्थिक आधारलाई पनि प्रभावित पार्दछन् ।
    प्रत्येक समाज आर्थिक आवश्यकताद्वारा शासित हुन्छ । आवश्यकता परेको व्यक्ति पाइएर काम अगाडि बढ्छ ।

    श्रमको विभाजनमा विद्यमान चरणले श्रमका सामग्री, औजार र उपजको सन्दर्भमा व्यक्तिका आपसी सम्बन्धलाई पनि निर्धारित गर्दछ ।

    राज्यभित्र सम्पूर्ण सङ्घर्ष, प्रजातन्त्र, अभिजाततन्त्र र राजतन्त्रको बिच सङ्घर्ष, मताधिकारको लागि सङ्घर्ष आदि आदि भ्रामक हुन् र भिन्न भिन्न वर्गका बिच वास्तविक सङ्घर्ष हुन्छ ।

    चेतना आरम्भदेखि नै एउटा सामाजिक उपज हो । चेतना प्राकृतिक धर्म पनि हो । यो सम्बन्ध सामाजिक रूपद्वारा निर्धारित हुन्छ । फेरि समाजको रूप उनीहरूद्वारा निर्धारित हुन्छ । मान्छेको सहज प्रवृत्ति सचेत प्रवृत्ति हो । सुरुदेखि नै समूहिकतामा भर पर्छ ।

    भौतिक र मानसिक श्रमविभाजनको अवस्थादेखि यथार्थको प्रतिनिधित्व नगरिकन कुनै अवस्था र चेतना एकअर्काको विरोधमा खडा हुनैपर्छ ।

    राज्यभित्र सम्पूर्ण सङ्घर्ष, प्रजातन्त्र, अभिजाततन्त्र र राजतन्त्रको बिच सङ्घर्ष, मताधिकारको लागि सङ्घर्ष आदि आदि भ्रामक हुन् र भिन्न भिन्न वर्गका बिच वास्तविक सङ्घर्ष हुन्छ ।

    जबसम्म विशेष र सामान्य हितको बिचमा अन्तर सामान्य रहन्छ, मनुष्यको आफ्नो कार्य आफ्ना विरुद्ध विजातीय शक्ति बन्न जान्छ । त्यसैले उसलाई दास बनाउँछ ।
    व्यक्तिको विश्व ऐतिहासिक अस्तित्व विश्व इतिहाससँग प्रत्यक्ष रूपले जोडिएको हुन्छ ।

    कम्युनिस्टका लागि यस बेला अस्तित्वमा भएका पूर्वाधारबाट उत्पन्न भएको अवस्थाले विद्यमान अवस्थालाई मेटाउँछ ।

    उत्पादनका प्राकृतिक साधनमा व्यक्ति प्रकृतिको अधिन हुन्छन् । श्रमबाट उत्पादित वस्तुमा सञ्चित श्रमको प्राकृतिक वस्तुसँग विनिमय हुन्छ । दोस्रो मामिला मान्छेहरूको आपसमा विनिमय हो । त्यसमा शारीरिक कृयाकलाप र मानसिक कृयाकलापको विभाजन व्यावहारिक रूपमा पूर्ण भइसकेको हुन्छ ।

    मुद्राले ठोस रूप प्रहण गर्न पुग्छ । ठुलो उद्योग भएपछि मात्र निजी स्वामित्व मेटाउन सम्भव हुन्छ किनभने उत्पादन प्रकृयाले नै मान्छेलाई अनुशासित र सङ्गठित बनाइसकेको हुन्छ ।

    सहरमा ज्यालादारीको आवश्यकताबाट निम्न वर्ग उत्पन्न भयो । त्यतिखेर मालिक बन्ने इच्छा राख्ने व्यक्ति शिल्पकारितामा प्रवीण हुनुपर्दथ्यो । आधुनिक मजदुरको तुलनामा बढीभन्दा बढी आफ्नो कामको मातहतमा हुन्थ्यो । उसले उत्पादन गर्ने र विनिमय गर्नेसमेत कामको नेतृत्व आफैले गर्नुपर्ने त्यतिखेरको उत्पादन र विनिमय प्रकृया हुन्थ्यो ।
    कुनै स्थानमा आविष्कार गरिएको उत्पादक शक्तिहरू सम्बन्ध विस्तारसँग सम्बन्धित हुन्थे । विभिन्न भूभागका व्यक्ति अथवा सम्पूर्ण जातिहरू प्रतिस्प्र्धात्मक सङ्घर्षमा तानिन्थे । ठुला आकारको उद्योगमाथि विश्वस्तरको सम्बन्ध हुनुपर्दथ्यो । त्यस्तो भएमा मात्र उत्पादक शक्तिहरूको स्थायित्व र सुनिश्चितता हुने गर्दथ्यो तर पनि आपसी सम्बन्ध भने प्रतिस्पर्धात्मक नै हुने गर्दथ्यो । त्यसरी सन् १४९२ देखि १६४० सम्मको अवधिमा पुँजीवादको विकास हुँदै गयो ।

    सुरुमा व्यापारको दायरा फराकिलो हुँदै गयो । त्यसले ठुला उद्योग स्थापनाको लागि आधार तयार पार्‍यो । त्यसपछि सोझै राज्यसत्ताको कब्जा गर्नुपर्ने खाँचो निम्त्यायो । सामन्ती राज्यसत्तालाई सशस्त्र सङ्घर्षबाट हटाएर पहिलोपटक पुँजीपति वर्गको राज्यसत्ता स्थापना भयो । यो व्यवस्था पुँजीवादी राज्यसत्तासहितको पुँजीवादी राज्यव्यवस्था थियो । त्यसले सामन्ती ठाँटबाठ, धाकरवाफमा अडेको सामन्ती राज्यसत्ताको ठाउँमा नाफाको लागि काम गर्ने राज्यसत्ता स्थापना भयो । मजदुर र किसानको समेत सहयोग र समर्थनमा पुँजीपति सत्तासिन भए । आवधिक चुनाव, बहुमतको सरकार अल्पमतको प्रतिपक्ष हुनन् । धर्मको विरोध गर्ने र मजदुरको श्रमशोषण गरे पनि उनीहरूका सेवासुविधामा ध्यान दिने गरी पुँजीपति वर्ग प्रगतिशील शक्तिको भूमिकामा रह्यो ।

    सबभन्दा शक्तिशाली पुँजीवादी राष्ट्र इङ्गल्यान्डले व्यापार तथा म्यानुफ्याक्चरमाथि आफ्नो प्रभुत्व कायम राख्यो । पहिलो साम्राज्यवादी देश ब्रिटेनले घरेलु बजारमा संरक्षण शुल्क, औपनिवेशिक बजारमा एकाधिकार तथा विदेशबाट यथासम्भव भेदभावपूर्ण शुल्क असुल गरेर आफ्नो देशको पुँजीवादी प्रणाली बचाइयो ।

    पहिलोपटक सन् १६४० मा ब्रिटेनमा स्थापना भएको राज्यसत्ता संसारका अरू देशमा पनि प्रचार प्रसार भई पुँजीपति वर्ग सत्तासिन हुँदै गए । सामन्ती राज्यसत्ता विस्थापित हुँदै गए । सन् १८४८ सम्मको करिब दुई सय वर्षसम्म पुँजीपति वर्गले आफ्नो नाफाका लागि काम गर्ने राज्यसत्तालाई प्रगतिशील भूमिकामा राखी राख्न सफल भए ।

    सबभन्दा शक्तिशाली पुँजीवादी राष्ट्र इङ्गल्यान्डले व्यापार तथा म्यानुफ्याक्चरमाथि आफ्नो प्रभुत्व कायम राख्यो । पहिलो साम्राज्यवादी देश ब्रिटेनले घरेलु बजारमा संरक्षण शुल्क, औपनिवेशिक बजारमा एकाधिकार तथा विदेशबाट यथासम्भव भेदभावपूर्ण शुल्क असुल गरेर आफ्नो देशको पुँजीवादी प्रणाली बचाइयो ।

    ठुला उद्योगद्वारा उत्पादन हुने सर्वहारा वर्गले पुँजीपति वर्गलाई समर्थन त्यति बेलासम्म गर्‍यो, जतिबेलासम्म उनीहरूको आफ्नो दर्शन र आफ्नो मुक्तिका विषयमा विज्ञानसम्मत वैचारिक हतियार पाउन सकेन । पछि मजदुरको मुक्ति मजदुरबाहेक अरूले गर्दैनन् भनेर पुँजीपति वर्गले मजदुरको शोषण गर्ने अतिरिक्त मूल्यको वास्तविकता आफ्नो राजनैतिक अर्थशास्त्र माक्र्सले उत्पादन गरे । जबसम्म सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एक भएको सङ्गठित शक्तिले राज्यसत्ता कब्जा गर्दैन र समाजवाद स्थापना गर्दैन, तबसम्म मजदुरको शोषण भइरहन्छ भन्ने सैद्धान्तिक, राजनीतिक हतियार मजदुरले पाउन सकेका थिएनन् । तबसम्म पुँजीपति वर्ग र पुँजीवादी व्यवस्था प्रगतिशील शक्ति र प्रगतिशील व्यवस्थाको भूमिकामा रहिरह्यो ।

    सन् १८४८ फेब्रुअरीदेखि पुँजीवादी व्यवस्था प्रतिगामी व्यवस्था र समाजवादी व्यवस्था प्रगतिशील व्यवस्थाको रूपमा आआफ्नो स्थान ग्रहण गर्न बाध्य भए । तब ठुला उद्योगद्वारा तयार हुने सर्वहारा वर्गले नेतृत्व सम्हाल्छ । पूरा जनसमुदायलाई आफ्नो साथमा लैजान्छ । त्यसका लागि राज्यसत्तामा आमूल परिवर्तनको खाँचो पर्दछ । मजदुरले माक्र्सवादलाई आफ्नो बौद्धिक हतियारको रूपमा स्वीकार गर्दछ र माक्र्सवादले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्याउँछ । जनताको साथ–सहयोगमा सर्वहारा वर्गले राज्यसत्ता कब्जा गर्छ ।

    उत्पादनका विभिन्न रूपहरू श्रमका र सम्पत्तिको सङ्गठनका रूप पनि हुन् ।

    वैयक्तिक अर्थव्यवस्थाको उन्मूलन परिवारको उन्मूलनबिना असम्भव छ ।

    अर्को कुरा समाजमा कम्युनिस्ट पार्टीको अधिनायकत्व सञ्चालन गर्न सकिन्न र गर्न पनि हुन्न । पार्टी आस्थाको केन्द्र मात्रै हो । अधिनायकत्व वर्गकै हुन्छ र हुनुपर्छ ।
    धेरै पुस्तादेखि एउटा निश्चित दिशा पक्रेर हिँडेको समाजलाई त्यसको ठिक विपरीत दिशामा हिँडाउने काम अवश्य पनि सजिलो हुन्न । एकै पुस्तामा अभ्यस्त बनाउन पनि सकिन्न ।

    अर्को वर्गका विरुद्ध समान लडाइँ चलाउन फरक फरक व्यक्तिहरूले वर्गको गठन गर्दछन् अन्यथा प्रतिस्पर्धाको रूपमा एकअर्कोसँग शत्रुतापूर्ण सम्बन्ध हुन्छ । अर्कोतिर, वर्गले पनि व्यक्तिहरूको विरुद्ध स्वतन्त्र अस्तित्व प्राप्त गर्दछ । व्यक्तिहरूको निजी विकास उनीहरूको वर्गद्वारा निर्धारित हुन्छ । व्यक्तिहरू वर्गको अधिनस्त हुन जान्छन् । यो श्रमविभाजनको अधिनस्त हुने जस्तै प्रक्रिया हो ।

    निश्चित वर्गअन्तर्गतको सम्मेलनलाई वर्गले मूर्त रूपधारण नगर्दासम्म सत्ताधारी वर्ग विरुद्ध आफ्नो वर्गहित बाँकी रहन्न ।

    पार्टी गठनको हिसाबले पार्टीभित्र सबै तह र तप्काका व्यक्तिहरू पार्टीमा सहभागी हुन्छन् ।

    पार्टी गतिशील हुने पक्ष प्रतिपक्षको अन्तरविरोधले हो । त्यसो गर्दा दुईओटा पक्षमा ध्यान दिइएन भने त्यो पार्टी वर्गको प्रतिनिधि संस्था बन्न सक्दैन । एउटा– विधान, प्रतिवेदन जस्ता दस्तावेजको अध्ययन र पालना, दोस्रो– पार्टीभित्रका सर्वहारा वर्ग र पार्टीबाहिरका सर्वहारा वर्गबिच सुमधुर सम्बन्धको स्थापना र सञ्चालन । यी दुईओटा पक्ष यति महत्त्वपूर्ण छन् कि सर्वहारा वर्गको अधिनायकत्वबेगर पार्टी सञ्चालन हुन नसक्ने हुन जान्छ ।

    अर्को कुरा समाजमा कम्युनिस्ट पार्टीको अधिनायकत्व सञ्चालन गर्न सकिन्न र गर्न पनि हुन्न । पार्टी आस्थाको केन्द्र मात्रै हो । अधिनायकत्व वर्गकै हुन्छ र हुनुपर्छ ।
    धेरै पुस्तादेखि एउटा निश्चित दिशा पक्रेर हिँडेको समाजलाई त्यसको ठिक विपरीत दिशामा हिँडाउने काम अवश्य पनि सजिलो हुन्न । एकै पुस्तामा अभ्यस्त बनाउन पनि सकिन्न ।

    जहाँसम्म वर्गसङ्घर्षको कुरा हो, यो वर्गले लड्ने लडाइँ हो । गैरवर्गको अभिनय काम लाग्दैन ।

    समुदायमा व्यक्तिहरूले व्यक्तिको रूपमा भाग लिन्छन् । अस्तित्वका यी अवस्था एउटा समय विशेषमा उत्पादक शक्तिहरू र उत्पादन सम्बन्ध व्यक्तिहरूको व्यक्तिगत विकास तथा गतिविधिको अवस्थालाई उनीहरूको नियन्त्रणमा ल्याउँछ ।

    कम्युनिस्ट आन्दोलनले पहिलोपटक तिनीहरूको प्राकृतिक रूपबाट वा सचेत रूपबाट एक्यबद्ध व्यक्तिको शक्तिको अधिनस्त गर्दछ । यसको सङ्गठन मूलत: आर्थिक हो । उनीहरूलाई सामग्री दिने पूर्ववर्ती पिँढीहरूको योजना नमानिकन विरोधी अवस्था सृजना गर्ने व्यक्तिका लागि स्वाभाविक पनि नहुन सक्छ ।

    प्रत्येक युगमा अस्तित्वमा पाइने भिन्न भिन्न तत्त्वहरूको विभेद भिन्न भिन्न समयमा फरक महत्त्वका हुन्छन् । व्यक्तिहरूले सिद्धान्तअनुसार होइन, जीवनमा भौतिक टकरावद्वारा विवश पारिनाले काम गर्दछ ।

    धनको अर्थ व्यक्तिको रूपमा व्यक्तिको संसर्ग नभई पूर्ववर्ती विशेष अवस्थाभित्र व्यक्तिको संसर्ग थियो । ती अवस्थाहरू सञ्चित श्रम अथवा निजी सम्पत्ति र वास्तविक श्रम दुईओटा अवस्था रहन जान्छन् । श्रमविभाजन जति बढी विकसित हुन्छ तथा सञ्चय जति बढी वृद्धि हुन्छ, विभेदीकरणको प्रक्रियाका रूपहरू त्यति नै तीक्ष्ण बन्दै जान्छन् ।

    संसर्गको रूपसँग उत्पादक शक्तिहरूको सम्बन्ध व्यक्तिहरूको व्यवसाय अथवा कार्यकलापसँग र व्यक्तिहरूसँग संसर्गको रूप हो । यो रूप भौतिक रूप हो । त्यसमाथि मानसि,क धार्मिक सबै रूप निर्भर हुन्छन् । संसर्गको पूर्ववर्ती विकसित रूपको स्थानमा नयाँ रूप आइपुग्दा व्यक्तिका लागि सो कृयाकलापको विधि आफ्नै पालोमा पुन: बन्धन बन्न जान्छ । यो मनुष्यका शक्तिको विकासको इतिहास पनि हो ।

    समाजमा मान्छेको विचारमा मानव समाजको सुरुदेखिको परम्परागत व्यवस्थाको छाप रहेको हुन्छ । एकैपटक त्यसमा आमूल परिवर्तनको विचारले विस्थापित गर्न सक्दैन । नयाँ विचार सतही र पुरानो छाप गहिराइसम्म पुगेको हुन्छ । त्यही कारण हो कि क्रान्तिपछि प्रतिक्रान्ति अथवा परिवर्तनपछि प्रतिगमन भएका धेरै उदाहरण पाइन्छन् ।
    विश्व दृष्टिकोणमा आमूल परिवर्तन गरेपछि त्यसलाई भौतिक शक्तिमा रूपान्तरण गर्नुपर्छ ।

    धनको अर्थ व्यक्तिको रूपमा व्यक्तिको संसर्ग नभई पूर्ववर्ती विशेष अवस्थाभित्र व्यक्तिको संसर्ग थियो । ती अवस्थाहरू सञ्चित श्रम अथवा निजी सम्पत्ति र वास्तविक श्रम दुईओटा अवस्था रहन जान्छन् । श्रमविभाजन जति बढी विकसित हुन्छ तथा सञ्चय जति बढी वृद्धि हुन्छ, विभेदीकरणको प्रक्रियाका रूपहरू त्यति नै तीक्ष्ण बन्दै जान्छन् ।

    श्रम यस विभेदीकरणको पूर्वाधारमा मात्र अस्तित्वमा रहन सक्छ । यसकारण उत्पादन उपकरणको समग्रताको अधिग्रहण स्वयम् व्यक्तिको क्षमताको समग्रताको विकास हो ।

    आधार र उपरी संरचनाको सम्बन्धको परिणामबारे लेनिनले भनेका छन् : (१) उत्पादक शक्तिको अवस्था, (२) त्यसद्वारा निर्धारित आर्थिक सम्बन्ध, (३) सामाजिक–राजनीतिक प्रणाली, जुन आर्थिक आधारमाथि विकसित हुन्छ, (४) प्रत्यक्ष अर्थतन्त्र र सामाजिक आर्थिक प्रणाली, जुन अर्थतन्त्रमाथि विकसित भएको हुन्छ, यिनीहरूबाट नै निर्धारित भएको हुन्छ, (५) विभिन्न विचारधारा, जसले यो मानसिकतालाई प्रतिविम्बित गर्दछन् ।

    उपर्युक्त पाँचओटा बुँदाको बयानका आधारमा हामीले भन्न सक्छौँ कि कुनै पनि व्यवस्था आर्थिक आधारमा टिकेको हुन्छ । एकपटक उपरी संरचना कायम भएपछि त्यसले फेरि आर्थिक आधारमा प्रभाव पार्न सक्छ । मानिसहरू वैचारिक रूपले परिपक्व भएपछि त्यो भौतिक शक्ति बन्छ र त्यसले आमूल परिवर्तनमा शक्तिशाली सहयोगीको काम गर्दछ ।

    जनतालाई भौतिक शक्ति प्रयोग गरियो भने त्यो अस्थायी हुन्छ र वैचारिक हतियारबाट उठेको राजनैतिक चेतना बलियो भौतिक हतियारको रूपमा शसक्त भूमिकामा रहन्छ । त्यसकारण कम्युनिस्ट पार्टीले गर्ने काम भनेको जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने नै हो ।

    शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
    लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.