देउखुरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्।
Advertisement
बहुमत सांसदसहित मुख्यमन्त्रीको दाबी पेश गरेका नेकपा (एमाले) का संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा पुगेर गिरीले ५८ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए।
उनलाई मुख्यमन्त्री बनाउन एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३ र स्वतन्त्र २ जनाले समर्थन गरेका छन्।
८७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४४ जना सांसदको समर्थन आवश्यक पर्छ।