• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बन्न देउवाको ‘अफर’


  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
  • काठमाडौं । सत्ताबाहिर पुगेको नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री बन्न अफर गरेको छ ।
    एमाले–माओवादीलगायतका दल मिलेर बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार ढाल्न कांग्रेसले लिङ्देनलाई प्रधानमन्त्री ‘अफर’ गरेको हो ।

    Advertisement

    वर्तमान सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागी छैन । सरकारमा जान उसले केही माग अगाडि सारेको छ ।

    आज (शुक्रबार) सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम तय गर्दैछन् भने २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ । आफ्ना माग पुरा भएको खण्डमा राप्रपाले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिँदैछ ।

    तर, नेपाली कांग्रेसले भने दाहालले विश्वासको मत लिनुअघि राप्रपालाई सत्तागठबन्धनबाट अलग गर्ने प्रयासस्वरुप प्रधानमन्त्री अफर गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी अध्यक्ष लिङदेनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको राप्रपाका एक नेताले बताए । तर, यसबारे राप्रपाले निर्णय गरिसकेको छैन ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तिमा १३८ मत चाहिन्छ ।

    पुस १० गते माओवादी, एमाले, रास्वपा, राप्रपा, जसपा र केही स्वतन्त्र सांसदहरुको समर्थनमा दाहाललाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

    सरकारलाई समर्थन गरेका दलहरु राप्रपा र जनता समाजवादी पार्टीलाई गठबन्धनबाट अलग गर्ने कांग्रेसको प्रयास छ । यसै योजना अन्तर्थत देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच हिजो देउवा निवास धुम्बाराहीमा छलफलसमेत भएको थियो ।

    हाल प्रतिनिधि सभामा सत्तारुढ दलहरु एमालेसँग ७९ सिट छ भने माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपा १२ र जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीका ३ सिट रहेको छ ।

    विपक्षमा रहेको कांग्रेसको ८९ सिट हुँदा एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टीका ४, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद छन् ।

    स्वतन्त्र ५ जना मध्ये तीन जनाले सत्ता गठबन्धनलाई समर्थन गरेका थिए । ती मध्ये एक सांसद एमालेमा प्रवेश गरिसकेका छन् ।

    शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.