गणेश अधिकारी, कास्की ।
राष्ट्रिय जनमोर्चा कास्कीले १३०औँ माओ दिवस पोखरास्थित पार्टी कार्यलयमा एक कार्यक्रम आयोजना गरी मनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य शंकर बरालले माओको योगदान, नयाँ जनवादी क्रान्ति, मार्क्सवाद, लेनिनवाद, माओ विचारधाराको ब्याख्या र नेपालमा त्यसको प्रयोगको बारेमा स्पष्ट पार्नुभएको थियो ।
त्यसैगरि राजमो नगर अध्यक्ष बिष्णु पुरी, अखिल नेपाल युवक संघका सोमनाथ अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य नाम बहादुर बाठा मगर, अखिल नेपाल किसान संघका जिल्ला सचिव राम प्रसाद पौडेल, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला नेता प्रबिन पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका नेता डम्मर बहादुर थापा, अखिल (छैठौं) नेता मिलन विक, अखिल नेपाल महिला संघकी नेतृ शान्ती गुरुङ, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दानबहादुर सारु मगर र हरि बहादुर खत्रीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेकपा (मसाल) का पूर्वप्रवक्ता चन्द्रबहादुर केसी, स्वागत राजमो नगर अध्यक्ष विष्णु पुरी र सञ्चालन अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले गर्नु भएको थियो ।