काठमाडौं । विशेष अदालतले भ्रष्टाचारसम्बन्धी विभिन्न सातवटा मुद्दामा गरेको फैसला पुनरावलोकनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ ।
Advertisement
अख्तियारले मंगलबार विशेषका सातवटा फैसलामाथि सर्वोच्चमा पुनरावेदन दिएको हो ।
आयोगका अनुसार विशेष अदालतमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानिनोक्सानी र घुस/रिसवत गरी जम्मा सातवटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
अख्तियारका अनुसार ति सातवटा मुद्दा यसप्रकार छन्ः