काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मत गणना अब सकिने चरणमा पुगेको छ ।
निर्वाचन आयोगले शनिबार दिउँसो १२ बजे अब सवा लाखदेखि डेढ लाखसम्म समानुपातिक मत मत गन्न बाँकी रहेको जानकारी दिएको छ ।
प्रतिनिधिसभा १६५ क्षेत्रमध्ये अहिलेसम्म १६२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने स्याङ्जा–२, दोलखा र बाजुरामा मत गणना जारी छ। प्रतिनिधिसभा समानुपातिकतर्फ पनि तिनै तीन जिल्लाको मत गणना सक्न बाँकी छ ।
हालसम्म १ करोड ८ लाखभन्दा बढी समानुपातिक मत गनिसकिएको छ। जसमध्ये १ करोड ४ लाख ४ हजार ७ सय ६६ मत सदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।
आयोगका अनुसार ४ प्रतिशतजति मत बदर भएको अनुमान छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत (थ्रेसहोल्ड) मत कटाउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ।
अहिलेसम्म सात दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले यो मापदण्ड पूरा गरेका छन् ।
राष्ट्रिय पार्टी बन्न संघर्षरत नेकपा (एकीकृत समाजवादी) ले थ्रेसहोल्ड कटाउन मुश्किल पर्ने देखिएको छ ।
यस्तो छ दलहरुले प्राप्त गरेको मत
प्रतिनिधि सभा
जम्मा मत: १,०४,०४,७६६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२७,८३,३८७
नेपाली काँग्रेस
२६,५२,६२८
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,६१,८८०
राष्ट्रिय स्वतन्त्र पार्टी
११,२३,०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५९
जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४३
जनमत पार्टी
३,९४,३८५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९४,१००
नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२८०
नेपाल मजदुर किसान पार्टी
७५,०५०
हाम्रो नेपाली पार्टी
५५,६०९
मंगोल नेशनल अर्गनाइजेशन
४८,६८१
राष्ट्रिय जनमोर्चा
४६,३७३
नेपाल संघीय समाजवादी पार्टी
४१,८०६
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
३०,४१७
राष्ट्रिय जनमुक्ति पार्टी
२३,९१४
जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,८३२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७
बहुजन एकता पार्टी नेपाल
१७,०६५
नेपाली काँग्रेस (बी.पी.)
१२,४७७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१२,२६४
नेपाली जनता दल
९,९७१
बहुजन शक्ति पार्टी
९,४३५
नेपालका लागि नेपाली पार्टी
८,४००
नेपाल कम्युनिष्ट पार्टी
७,९९७
नेपाल लोकतान्त्रिक पार्टी
७,६९२
नेपाल जनता पार्टी
७,५०६
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३७८
मितेरी पार्टी नेपाल
७,०४२
जनजागरण पार्टी नेपाल
६,५३५
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०६
तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६७
जनसमाजवादी पार्टी, नेपाल
५,८६८
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,७८१
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१
विवेकशील साझा पार्टी
४,०३७
एकीकृत शक्ति नेपाल
३,७६९
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६९४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३१
मौलिक जरोकिलो पार्टी
३,२२३
नेपाल समावेशी पार्टी
२,९५१
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,१९१
राष्ट्रिय नागरिक पार्टी
२,१४१
नेश्नलिष्ट पिपल्स पार्टी
२,०१५