बागलुङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ ।
दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको बागलुङमा गठबन्धनका उम्मेदवार विजयी भएपछि राजमो बागलुङले विज्ञप्ति जारी गरेर सबैप्रति आभार व्यक्त गरेको छ ।
जिल्ला अध्यक्ष अमर थापाले बिहीबार (मंसिर ८ गते) जारी गर्नुभएको विज्ञप्तिमा ‘बाग्लुङ जिल्लाको निर्वाचनको परिणामले लोकतन्त्रप्रतिको गौरवपूर्ण राजनीतिक सचेतना, इमान्दारिता र विश्वासलाई मतदान मार्फत प्रमाणित गरेको’ बताउनुभएको छ ।
यस्तो छ विज्ञप्ति
हार्दिक धन्यवाद
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन बाग्लुङ जिल्लामा शान्तिपूर्ण तथा
उत्साहजनक रुपमा सम्पन्न भएको छ । संविधानको रक्षा र स्थिरताको पक्षमा रहेका शक्तिलाई जिताउनको
लागि केन्द्रमा भएको गठबन्धनको मूल स्प्रिटलाई हाम्रो जिल्लाले अनुमोदन गरेको छ । जसको परिणाम
जिल्लाका प्रत्यक्ष तर्फ प्रतिनिधी सभा र प्रदेश सभाका सवै उम्मेदवार विजयी बन्नु भएको छ । बाग्लुङ जिल्लाको निर्वाचनको परिणामले लोकतन्त्रप्रतिको गौरवपूर्ण राजनीतिक सचेतना, इमान्दारिता र विश्वासलाई मतदान मार्फत प्रमाणित गरेको छ ।बाम–प्रजातान्त्रिक गठबन्धन दलका उम्मेदवारलाई विजयी बनाउन लाग्नु हुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक र मतदाताप्रति हार्दिक आभार धन्यवाद दिन चाहन्छौ ।
मतदानलाई शान्तिपूर्ण, व्यवस्थित र धाँधलीरहीत बनाउन अहोरात्र खट्ने कर्मचारी, सुरक्षाकर्मी, प्रर्यवेक्षक, पत्रकार लगायत सम्पूर्ण जनसमुदायहरुलाई धन्यवाद सहित प्रतिस्पर्धी रहेर लोकतन्त्रको सुन्दर पक्षलाई जिवन्त बनाउन सहयोग गर्ने प्रतिस्पर्धी मित्रहरुप्रति समेत आभार प्रकट गर्दछौँ ।
अम्मरबहादुर थापा
अध्यक्ष
सरकार कस्तो बन्छ त्यसका आधारमा संसदमा भूमिका तय हुन्छ : केसी
बागलुङ १ (१) मा कांग्रेसका थापा र २ (१) मा शेरचन विजयी
बागलुङ १ ‘ख’मा कांग्रेसका डिल्ली र २ को ‘ख’ मा द्रोण विजयी