काठमाडौं । अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र क मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीले मतान्तर घटाउँदै लैजानुभएको छ ।
Advertisement
पछिल्लो विवरणअनुसार केसीभन्दा एमाले उम्मेदवार ४९२ मतले अगाडि छन् । हिजो यस्तो मतान्तर झण्डै २ हजार पुगेको थियो ।
एमाले उम्मेदवार चेतनारायण आचार्यले.९ हजार ३३३ मत ल्याउँदा केसीले ८ हजार ८४१ मत ल्याउनुभएको छ ।
यस्तै, प्रदेश सभा ख मा पनि कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट कमल प्रसाद भुसालको ९ हजार ९०८ र एमालेका रामजी प्रसाद घिमिरेको ९ हजार ९०२ मत आएको छ ।
यहाँ जम्मा ६ मतले गठबन्धनका उम्मेदवार अगाडि छन् ।