• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेसँग धमाधम स्पष्टीकरण

"शिक्षक–प्राध्यापकदेखि गाउँपालिका अध्यक्षसम्म आयोगको निसानामा "

  •   शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेर राजनीतिक दलको प्रचारमा हिँड्ने विभिन्न व्यक्तिहरुसँग धमाधम स्पष्टीकरण सोधेको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति राजनीतिक दलको प्रचार गर्न नहुने भएपनि कतिपय शिक्षक, प्राध्यापक, कर्मचारी, जनप्रतिनिधिलगायतले कुनै दल वा उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको पाएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

    Advertisement

    पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण
    निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. ४ मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ ।

    निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो ।

    निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

    ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने’ व्यवस्था छ ।

    उल्लेखित सन्दर्भमा तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले दलको प्रचारप्रसार गर्ने कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही गर्नु नपर्ने कारण के छ ? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण
    यस्तै, आयोगले छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ । नगरपालिकाले मिति २०७९/५/२५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको हो ।

    डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण
    यसैगरी, डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई आयोगले स्पष्टीकरण सोधेको छ । भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधेको हो ।

    रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण
    यता, निर्वाचन आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण सोधेको छ । सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलाई स्पष्टीकरण
    निर्वाचन आयोगले मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलाई स्पष्टीकरण सोधेको छ । सुवेदीले फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधिएको हो ।
    आयोगले धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतलाई पनि स्पष्टीकरण सोधेको छ । क्याम्पस प्रमुख बस्नेतले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले आयोगले स्पष्टीकरण सोधेको हो ।

    जनज्योति आधारभूत प्राथमिक विद्यालयका भुवन आचार्यलाई स्पष्टीकरण
    यसैगरी, निर्वाचन आयोगले जनज्योति आधारभूत प्राथमिक विद्यालयका सुनकोशी गाउँपालिका वडा नं.५, सिन्धुलीका भुवन आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनाव प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्र मार्फत लेखी आएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो ।

    शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.