काठमाडौं । टिकट वितरणमा असन्तुष्टि देखाउँदै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) की दोलखा जिल्ला इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छिन् ।
Advertisement
दोलखाबाट प्रतिनिधि सभा सदस्यको प्रमुख उम्मेदवारको रुपमा रहेकी खड्काले पार्टीले गंगाबहादुर कार्कीलाई उम्मेदवार बनाएपछि असन्तृष्ट भएर राजीनामा दिएकी हुन् ।
स्वास्थ्यको समस्या देखाएर खड्काले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
उनी २०६४ सालमा पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित भएकी थिइन् ।