काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शताब्दी वाङ्मय व्यक्तित्व सत्यमोहन जोशी र रक्तिम सांस्कृतिक अभियानकी पूर्व केन्द्रीय सदस्य कमला केसीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले जोशीको र सचिव हिमलाल पुरीले केसीको निधनमा छुट्टाछुट्टै शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली दिनुभएको हो ।
शताब्दी व्यक्तित्व जोशीको निधनप्रति जारी गरिएको अध्यक्ष केसीको शोकवक्तव्यमा भनिएको छ :
“आज मिति २०७९ असोज ३० गते बिहान १०३ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको खबरले हामीलाई निकै दुखी तुल्याएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”
त्यस्तै, रक्तिमकी पूर्व केन्द्रीय सदस्य कमला केसीको निधनप्रति सचिव पुरीद्वारा जारी शोकवक्तव्यमा भनिएको छ :
“मिति २०७९ असोज २९ गते बुटवल चाँदबारी निवासी ४५ वर्षीय जनवादी कलाकार कमला केसीको निधन भएको खबरले हामीलाई निकै दुखी तुल्याएको छ । उहाँले लामो समयसम्म रक्तिम सांस्कृतिक अभियानको विभिन्न समितिमा रही काम गर्दै आउनुभएको थियो । उहाँ विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको मृत्युले जनवादी सांस्कृतिक आन्दोलनमा क्षति पुगेको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”