खलङ्गा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट प्रतिगमन विरोधी पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको साझा उम्मेदवार बन्नुभएको छ ।
Advertisement
गठबन्धनको साझा उम्मेदवारको रूपमा उपाध्यक्ष पौडेलले २०७९ असोज २३ गते जिल्ला निर्वाचन कार्यालय खलङ्गामा पुगी मनोनयन दर्ता गराउनुभएको हो ।
उहाँसँगै प्युठान प्रदेशसभा (क) नेकपा (माओवादी केन्द्र) का प्रकाश अधिकारीले र प्रदेशसभा (ख) मा नेपाली काङ्ग्रेसका सरोज थापा (रोज राणा) ले मनोनयन दर्ता गराउनुभएको थियो ।
मनोनयन दर्ता गराउनका लागि राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बमबहादुर खत्री, जिल्ला समन्वय समितिका पूर्व प्रमुख केशवराज आचार्यसहित ठुलो सङ्ख्यामा राजमोका नेताहरू जिल्ला निर्वाचन कार्यालय पुग्नुभएको थियो ।