बुटवल । भर्खरै नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देहीको १ नं। क्षेत्रबाट प्रतिनिधि सभा सिटमा स्वतन्त्र उम्मेदवारी दिने अनुमान गरिएको छ ।
एमालेले प्रतिनिधि सभाको टिकट नदिएपछि भुसालले २०७९ असोज २२ गते शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका थिए । निकटवर्तीका अनुसार भुसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने अनुमान गरिएको छ ।
सत्ता गठबन्धनका नेताहरूले भुसाललाई आफूहरूसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेको बताइएको छ । सत्ता गठबन्धनको भागबन्डामा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको छ । माओवादी नेताहरूले भुसाललाई आफ्नो दलको चुनाव चिह्न लिएर चुनाव लड्नसमेत प्रस्ताव गरेका छन् ।
तर भुसालले भने कुनै दलको चुनाव चिह्नमा नलड्ने बताएका छन् । स्रोतका अनुसार भुसालले स्वतन्त्र उम्मेदवारी दिने र गठबन्धनले त्यसलाई समर्थन गर्ने सम्भावना बताइँदै छ ।