कञ्चनपुर । अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एवम् कञ्चनपुर जिल्ला अध्यक्ष रमा नेपालीलाई मातृशोक परेको छ ।
Advertisement
रमा नेपालीकी आमा लालुदेवीको सोमबार राति आफ्नै निवास बेलौरी नगरपालिका–३ गोकुलपुरमा निधन भएको हो ।
मृतक लालुदेवीका छोरी रमा महिला संघसहित राष्ट्रिय जनमोर्चाका विभिन्न जिम्मेवारी सम्हालिरहनुभएको छ भने छोरा वशन्त लामो समयदेखि अखिल नेपाल शिक्षक संघमा आवद्ध हुनुहुन्छ ।
उहाँको निधनप्रति राष्ट्रिय जनमोर्चा कञ्चनपुरले गहिरो दुःख व्यक्त गरेको छ । अध्यक्ष रामबहादुर कार्कीले शोक विज्ञप्ति प्रकाशित गरी मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।