दाङ । अखिल नेपाल महिला सङ्घ राप्ती गाउँपालिका भेला सम्पन्न भएको छ । जिल्ला उपाध्यक्ष कमला बेलबासेको प्रमुख आतिथ्यमा २०७९ असोज ८ गते मौरिघाटमा सो भेला सम्पन्न भएको हो ।
भेलामा विशिष्ट आतिथ्य राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य केशवराज खनालको रहेको थियो भने राजमो जिल्ला सदस्य तथा ४ नं. वडाअध्यक्ष वीरबहादुर चौधरी, महिला सङ्घकी जिल्ला सदस्य बिजुला केसी र महिला सङ्घकै राप्ती पालिका उपाध्यक्ष हस्ता आचार्यको पनि आतिथ्य रहेको थियो ।
भेलाले समिता चौधरी अध्यक्ष रहनुभएको महिला सङ्घको पालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरिका गिरी, सचिवमा प्रमिला चौधरी, कोषाध्यक्षमा हिरारानी चौधरी तथा सदस्यहरूमा बसन्ती बस्नेत, खगिसरा चौधरी र शान्ता गिरी रहनुभएको छ ।
त्यस्तै, सल्लाहकारमा कुइकी चौधरी, सङ्गिता चौधरी, दशनामी चौधरी र सावित्रा चौधरी रहनुभएको छ ।
भेला जलरानी चौधरीको अध्यक्षता, कृष्णा पोखरेलको सञ्चालन तथा समिता चौधरीको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।