• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतमा जारी छन् प्रगतिशील तीजी कार्यक्रम


  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
  • जनक राज पौडेल, दक्षिण भारत/बेल रजाली मगर, राजस्थान ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा भारतब्यापी रुपमा तीज पर्व मनाउने कार्यक्रम जारी छन् । मूल प्रवाह अन्तर्गत महिला विभागले भारतका विभिन्न शहरमा नेपाली महिलाहरुको पर्व तीजलाई प्रगतिशील रुपमा मनाइरहेको छ ।

    नेपाली महिलाहरु भेला भएर सामुहिक रुपमा खानपान, गीत तथा नाचबाट रमाइलो गर्नुका साथै आम नागरिकलाई देशको राजनीति तथा राष्ट्रियताप्रति सचेत बनाउने सन्देश प्रस्तुत गरिरहेका छन् ।

    बेंगलोर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर दक्षिण महिला नगर समितिको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ।

    विभागकी संयोजक राजु विकको अध्यक्षता र चाँदनी विकको सञ्चालनमा अघि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समिति सचिव जनक राज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य नरेश विक, प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, सदस्य प्रमानन्द खडायत, पार्वती विक, मान बहादुर विक, राजमो डडेल्धुरा जिल्ला कोषाध्यक्ष रघुवीर विक, वरिष्ठ महिला सदस्य कलावति विकको आथित्यता रहेको थियो ।

    शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चात कलाकारहरुले गीतबाट र माया विकले शब्दद्वारा स्वागत गर्नु भएको थियो।

    कार्यक्रमको उद्घाटन गर्दै पौडेलले प्रगतिशील तीज कार्यक्रम महिला मुक्ति आन्दोलनसँग जोड्नु पर्ने धारणा व्यक्त गर्दै महिलाहरुले आफ्नो हक अधिकार प्राप्त गर्न संगठित हुनु पर्ने भन्दै सचेत र संगठित शक्तिले मात्र समाज परिवर्तन गर्न सम्भव हुने बताउनुभयो ।

    उहाँले मूल प्रवाहको नाममा कतिपय व्यक्तिहरुले भ्रम फैलाउन प्रयास गरिरहेको भन्दै संगठनबाट निष्काशित अनुशासनविहीन तत्वहरुले फैलाएको भ्रममा कोही नपर्ने बताउनुभयो ।

    कार्यक्रममा बेंगलोरमा संगठन निर्माण र विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएका र हाल राजमो डडेल्धुराको कोषाध्यक्षको कार्यभार समाल्नु भएका रघुवीर विकलाई सम्मान गरिएको थियो ।

    बेंगलोर उत्तर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर उत्तर नगर महिला विभागको आयोजनामा महिला प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ।

    निर्मला दहालको अध्यक्षता र ज्योति कुमारी पहरीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल रहनु भएको थियो ।

    अथितिहरुमा केद्रीय सदस्य नरेश विक, प्रतिनिधि चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य ओम बहादुर दाहाल, राजमो डडेल्धुरा जिल्ला कोषाध्यक्ष रघुवीर विकको आथित्यता रहेको थियो ।

    शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चात् उपस्थित जनसमुदायलाई कलाकारहरुले गितद्वारा स्वागत गरेका थिए भने महिला विभाग सदस्य दुरा पहरीले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।

    प्रगतिशील तीजी कार्यक्रमको उद्घाटन जनक राज पौडेलले दिप प्रज्जवल र तालीको गड्गडहाटबीच गर्नु भएको थियो ।

    कार्यक्रमका अथितिहरुले कार्यक्रम सफलताको शुभकामना प्रकट गर्नु भएको थियो । महिला दिदीबहिनीहरुले प्रगतिशील गीत संगित र नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सयौंको संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो।

    जोधपुर
    यता, जोधपुरमा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जोधपुरको आयोजनामा तीज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।

    मूल प्रवाह जोधपुरका अध्यक्ष याम बहादुर नेपालीको अध्यक्षता तथा खगेश्वर शर्माको सन्चालनमा अघि बढेको कार्यक्रममा महिला विभाग जोधपुर संयोजक सानु बस्नेतले स्वागत गर्नु भएको थियो ।

    जोधपुरवासी नेपाली जनमानसको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा होम बहादुर गुरुङले कलाकारहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

    • मूल प्रवाह महिला विभागले संयुक्तरुपमा तीज मनायो
    • महिला विभागको आयोजनामा भारतको विभिन्न स्थानमा मनाइयो प्रगतिशील तीज कार्यक्रम
    • जयपुर र रेवाड़ीमा पनि भव्यरुपमा मनाइयो प्रगतिशील तीजी कार्यक्रम

    बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.