लोकेन्द्र पौडेल, दक्षिण भारत (चेन्नई) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति महिला विभागको संयुक्त आयोजनामा प्रगतिशील तीजी कार्यक्रमहरु सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव कुलबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै तीजको बिशेषता बारे स्पष्ट पार्दै तीज गीत एउटा गीतमा मात्र सीमित नरहेर राष्ट्र र राष्ट्रियतासंग जोडिएको हुनु पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सधैं भरी महिलाहरुको अधिकारको निमित्त अग्रपंतिमा संघर्ष गर्दै आएको र आगामी दिनमा पनि महिलाहरुको साथमा रहने छ ।’नोता थापाले आज एकता समाजको नाममा अवसरवादी र महत्त्वकाक्षी व्यक्तिहरुले पनि तीजी कार्यक्रम गर्दै हिँडेको हुँदा त्यस्ता खाले व्यक्ति हरुको भरममा नपरी मूल प्रवाहको झण्डा मुनि गोलवन्द हुन सम्पूर्ण महिला हरुलालाई आग्रह गर्नुभयो ।

एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य दिल्लीराज शर्माले महिलाहरु आफनो अधिकारको निम्ति आफैं उठ्नु पर्ने र तीजलाई महिलाहरुको हंक र अधिकार संघर्षको रुपमा उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले एकता समाजलाई धमिलाउन केही अवसरवादीहरुले खेल खेल्न खोजेकोले भ्रममा पर्नु भएका दिदी बहिनी र दाजुभाइलाई मूल धारमा फर्कन आग्रह गर्नु भएको थियो ।
केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, काशीराम शर्मा, खगराज शर्मा, तेजेन्द्र पुन, बुद्धिराम पौडेल, लक्ष्मण चालिसे, नेत्र प्रसाद शर्मा, गोपाल विक, पाण्डेचरी नगर समितिका सदस्य रवि पौडेल, आइएमी प्रभु मनि ट्रान्सफरका पर्वतराज खड्का र प्रवासी संघ भारतबाट चुराबाहादुर खत्रीले शुभकामना दिनुभएको थियो ।
दक्षिण नगर समितिका महिला संयोजक नविना बस्नेत पौडेलले शब्दबाट र रक्तिम सांस्कृतिकका कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो।
कार्यक्रम पश्चिम नगर समिति महिला विभाग संयोजक चन्द्रिका पौडेलको अध्यक्षतामा र एकता समाज चेन्नई उत्तर नगर समितिका सचिव कोटि प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

