• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जयपुर र रेवाड़ीमा पनि भव्यरुपमा मनाइयो प्रगतिशील तीजी कार्यक्रम


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिणको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य बेलबहादुर रजालीले उद्घाटन गर्दै महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसंग जोडेर लैजानु पर्ने बताउनु भयो । उहाँले प्रत्येक वर्ष मनाइने तीजी कार्यक्रमले महिलाहरुलाई समाज रुपान्तरणको दिशामा बढनु पर्ने शिक्षा दिनुपर्नेमा जोड दिनु भयो।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्रै भारतस्थित नेपालीहरुको अभिभावक भएको बताउदै नेता रजालीले भारतमा नेपालीहरुको हंक र अधिकारको लागि आवाज बुलन्द गर्ने मात्रै नभएर नेपालको राष्ट्रियता र जनजीविकासित सम्बन्धित सवालमा पनि अग्रिम पन्क्तिमा उभिएर संघर्ष गरी रहेको बताउनु भयो।

    उहाँले वर्तमान सरकारले नागरिकता विधेयक पास गराउने प्रयास गरेकोमा तीव्र आक्रोश व्यक्त गर्दै यदि यो विधेयक पास भए नेपालमा छिमेकीहरुको बाहुल्यता हुने र नेपालभित्र नेपालीहरु अल्पमतमा पर्ने बताउनु भयो। अहिले सरकारले पास गरेको एमसीसी समझौता खारेजी गराउन तथा नागरिकता विधेयक पास हुन नदिन आ–आफ्नो ठाँउबाट आवाज बुलन्द पार्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।

    उक्त कार्यक्रमको अवसरमा लामो समयसम्म जयपुरमा संगठनका विभिन्न जिम्मेवारी वहन गर्दै आउनु भएका र हाल सधैंको लागि स्वदेश जाने तयारीमा रहनु भएका तारा प्रसाद शर्मा तथा दीपक श्रेष्ठलाई दोसल्ला ओढाई प्रशन्सा पत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी लामो समयसम्म कलाकारिताको क्षेत्रबाट संगठनमा योगदान दिनु भएका कलाकारहरु पूनम थापा, रितु थापा, मन्जु राई, सुनिता थापालाई पनि दोसल्ला ओढाई प्रशन्सा पत्र प्रदान गरी सम्मान गरिएको थियो। बोर्ड परीक्षामा उत्कृष्ट नम्बर सहित उत्तीर्ण हुने विद्यार्थीहरु रचित कुमार रजाली, पराग बस्नेत, गंगा घर्ती र ममतालाई पनि प्रशन्सा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

    हुमा रजालीको सञ्चालन, लक्ष्मी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मूल प्रवाह केन्द्रीय महिला विभागबाट दीपा थापा, केन्द्रीय साँस्कृतिक बिभागबाट रिम राना, केन्द्रीय जनजाति विभागबाट ओम थापा, मूल प्रवाह मध्य पश्चिमोत्तर क्षेत्रीय सचिव नारायण ज्ञवाली, क्षेत्रीय साँस्कृतिक बिभागबाट नारायण पौडेल, महिला विभाग क्षेत्रीय संयोजक कल्पना थापा, मूल प्रवाह रायसिंह नगर समिति कोषाध्यक्ष प्रेमा कुमारी खड्काको आतिथ्यता रहेको थियो । कार्यक्रममा चन्द्रिका बस्नेतले स्वागत मन्तब्य दिनुभएको थियो ।

    रेवाड़ी


    एकता समाज रेवाड़ी नगर समिति अन्तरगत महिला विभागको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा एकता समाजका केन्द्रीय सदस्य ज्ञान प्रसाद शर्माले भारत होस वा नेपाल सबै ठाउँमा सामाजिक समस्याहरू एउटै भएको बताउनु भयो । उहाँले परिवारमा कुल चलाउन छोराको चाहनाले कन्याभ्रूण हत्या, दाइजो प्रथा, अन्धविश्वास जस्ता आपराधिक गतिविधिरूमा सम्लित हुने नकारात्मक पक्षहरूका उदाहरण थुप्रै रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो– ‘हाम्रा सन्तानले देश विदेशमा शिक्षा, खेल, रचनात्मक गतिविधिहरूको माध्यमबाट नयाँ उपलब्धिहरु हासिल गरी रहेकाछन्। यहाँका संस्थानहरूमा हामली नेपाली भाषा पढ्दैनौँ तर पनि हामी आफ्नो मातृभूमिको माटोसंग जोडिएका छौं। यो एउटा संगठन र उसको माध्यमबाट मात्र सम्भव भएको छ। त्यसकारण संगठनको जिम्मेदारी रचनात्मक माहौल बनाउनु पर्छ ।’ नेता शर्माले नेपालमा राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालन भएको संघीयता खारेजी, प्रवासमा रहने नेपाली नागरिकहरूलाई मताधिकारको आवश्यकता लगायत बिषयमा जनकारी गराउनु भयो ।

    रेवाड़ीकी प्रसिद्ध महिला रोग विशेषज्ञ डा. सीमा मित्तलले नेपाली मातृशक्तिको सामूहिक एकता, आफ्नो कला र संस्कृतिलाई जिवन्त राख्न गरिएको प्रयासलाई बधाई दिनुभयो। उहाँले अभिभावकहरूलाई छोरीहरूलाई शिक्षा दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘म पनि छोरी हो, मेरा माता पिताले लामो संघर्ष गरेर मलाई एउटा विशेषज्ञ चिकित्सकको रूपमा स्थापित गर्नु भयो। त्यसै अनुसार छोरीहरू शिक्षित भए भने दुईवटा परिवारको उद्धार हुन्छ।’

    एकता समाज नगर समितिका सलाहकार एवं पूर्व फुटबाल प्रशिक्षक जसवन्त सिंहले बच्चाहरूलाई पढाई र खेलमा शामिल गराउ आग्रह गर्नुभयो । उहाँले इच्छाशक्ति बलियो भयो भने जस्तो सुकै परिस्थतिमा पनि सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

    राजकीय विद्यालयकी संगीत प्रवक्ता संजीता यादवले सरकारी स्कूल जीवनमा संगीत र संस्कारको अन्तरसम्बन्धको बारेमा जानकारी दिनुभएको थियो । एचडीएफसी बैंक क्षेत्रीय प्रबन्धक विनोद पाण्डेको पनि आतिथ्यता रहेको थियो ।

    महिला विभाग अध्यक्ष शान्ति घिमिरेको अध्यक्षता र एकता समाज नगर समिति उपाध्यक्ष विष्णु भण्डारीको सञ्चालनमा अगाडी बढेको कार्यक्रममा पुनम राजपूतले स्वागत गर्नुभएको थियो ।

    क्षेत्रीय कोषाध्यक्ष तेजवीर घर्ती, नगर समितिका पदाधिकारीहरू देवेंद्र केसी, प्रेम अधिकारी, हिमलाल अधिकारी, रुपेश रोका लगायत महिला विभागका महिलाहरुको साथ र सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.