काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राष्ट्रिय जनमोर्चा निर्वाचन आयोगमा दर्ता भएको छ । यही भदौ ११ गते राजमो आयोगमा दर्ता भएको हो ।
समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभा र पाँचवटा प्रदेशमा पार्टी दर्ता गरिएको राजमो सचिव हिमलाल पुरीले जानकारी दिनुभयो ।
पुरीका अनुसार बागमती प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पार्टी दर्ता गरिएको हो ।
शुक्रबार (भदौ १०) गते दर्ता गरिएको प्रतिनिधि सभातर्फ राजमोको निवेदन क्रमसंख्या ३५ छ भने शनिबार दर्ता भएको बागमती प्रदेशको ३३, गण्डकीको २९, लुम्बिनीको ३१, कर्णालीको २६ र सुदूरपश्चिमको २८ क्रमसंख्यामा दर्ता भएको छ ।
दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।
निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनमोर्चा निर्वाचन आयोगमा दर्ता