काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। बिहीबार (२ भदौ) मा बसेको प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो।
नागरिकता विधेयकको पक्षमा सत्ता गठबन्धनका चार दल, लोकतान्त्रिक समाजवादी पार्टी उभिएको थियो। विधेयकको विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राप्रपा उभिएको थियो।
नागरिकता विधेयकमा मतदान हुँदा संसदमा कूल उपस्थिति संख्या १९५ थियो। एमालेको मागअनुसार भएको मत विभाजनमा विधेयक पारित गर्नु पर्छ भन्नेमा १ सय ३५ मत परेको थियो। त्यस्तै विपक्षमा ६० मत झरेको थियो।
यसैगरी हुन्न भन्ने पक्षमा कुनै सांसदले मत हालेनन्। गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो।
जन्म र विवाहकै आधारमा नागरिकता दिन सकिँदैन : दुर्गा पौडेल