काठमाडौं । काठमाडौं उपत्यकास्तरीय अन्तर विद्यालय तीज गीत प्रतियोगितामा हिमालय बोर्डिङ स्कुलले प्रथम स्थान हात पारेको छ ।
त्रिज्योति स्कुलद्वारा आयोजित उपत्यकाव्यापी पाँचौँ तीज गीत प्रतियोगितामा फेरिल्यान्ड इन्टरनेशनल स्कुलले दोस्रो स्थान प्राप्त गरेको छ भने हिम रश्मि स्कुलले तेस्रो स्थान हात पार्न सफल भएको छ ।
उपत्यकाका ३२ वटा विद्यालयका छात्राहरु प्रतियोगितामा सामेल थिए ।

शनिबार आयोजित समापन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारीले प्रतियोगिताका विजेता टिमलाई पुरस्कार वितरण गर्नुभयो ।
बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टर स्कुलले शुक्रबार मात्रै उपत्यकाब्यापी अन्तर विद्यालय नृत्य प्रतियोगितामा पनि दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।
दुईसय बढी विद्यालय सहभागी नृत्य प्रतियोगितामा आकाशदीप प्रथम, फेरिल्याण्ड दोस्रो