महेश रिजाल, दाङ ।
अखिल नेपाल शिक्षक सङ्घको लुम्बिनी प्रदेश भेला दाङको आइतबार सम्पन्न भएको छ । महासचिव चक्रपाणि पौडेलको प्रमुख आतिथ्यमा २०७९ साउन २८ गते भालुबाङमा भेलामा सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार सुरेश थापा, राजमो दाङका अध्यक्ष गणेश आचार्य, नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिव तारा बेल्बासे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, शिक्षक सङ्घकी केन्द्रीय सदस्य विन्दु विष्ट र निवृत्त शिक्षक कपिलदेव खनालले भेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष बालाराम पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष ईश्वरी आचार्यको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रमको सञ्चालन सचिव रुमालप्रसाद बसेलले गर्नुभएको थियो ।
भेलाले दाङका लालबहादुर भण्डारीलाई प्रदेश समितिको अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण बञ्जाडे (अर्घाखाँची), महिला उपाध्यक्षमा देवा विष्ट (प्युठान), सचिवमा कल्याण खड्का (प्युठान), कोषाध्यक्षमा रुमालप्रसाद बसेल (दाङ) र सहसचिवमा कमलराज भट्टराई (रोल्पा) रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यहरूमा ओमकला खनाल (दाङ), बुद्धि बञ्जाडे (बाँके), कमला गिरी (कपिलवस्तु ), विनोद बोहरा (रुपन्देही), विष्णुमाया भुसाल (अर्घाखाँची), प्रेम अर्याल (गुल्मी), शिव शाही (रुकुम पूर्व), निरू थापा(पाल्पा) र डिल्लीराज ज्ञवाली (नवलपरासी पश्चिम) रहनुभएको छ ।
त्यसैगरी भेलाले डिलाराम पौडेल (दाङ), मधु पण्डित (दाङ), मीना गौतम (बर्दिया), खेमराज पोख्रेल (प्युठान) र ईश्वरी आचार्य (कपिलवस्तु) लाई सल्लाहकारमा चयन गरेको छ ।


