• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मसालको निम्ति संसदीय निर्वाचन ‘उपयोग’ मात्रै, आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान नहुने स्पष्ट पारेको छ ।

    Advertisement

    मसालले पार्टीको आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति हो भन्ने कुरालाई पनि स्पष्ट पारेको छ ।

    महामन्त्री मोहनविक्रम सिंहद्वारा शनिबार जारी वक्तव्यमा संसदीय निर्वाचनलाई पार्टीले जनताका तात्कालिन समस्या समाधानका लागि मात्रै उपयोग गर्ने प्रष्ट्याइएको छ ।

    ‘हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन्न र देशको दिगो विकास हुन सम्भव छैन’ वक्तव्यमा भनिएको छ, ‘त्यसकारण हाम्रो आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो मुख्य प्रयत्न त्यसलाई सफल पार्नका लागि नै हुनेछ ।’

    आगामी मंसिर ४ गतेका लागि घोषणा भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनमा सामेल भएर भाग लिने तयारी गरिरहँदा मसालले संसदीय प्रणालीलाई जनताका तत्कालिन समस्या समाधानका लागि उपयोग गर्न लागिएको स्पष्ट पारेको हो ।

    महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘तैपनि जनताका तत्कालीन समस्याहरूलाई सकेसम्म समाधान गर्नका लागि हामीले संसदीय प्रणालीलाई पनि उपयोग गर्ने नीति अपनाएका छौँ र त्यसरी पनि जनताका अधिकतम समयस्याहरू समाधान गर्ने र देशको विकास गर्ने हाम्रो प्रयत्न हुने छ ।’

    यस्तो छ वक्तव्य :
    ‘सरकारले आगामी मंसिर ०४ गते प्रतिनिधिसभा र प्रदेश सभाका चुनावहरू गर्ने घोषणा गरेको छ । त्यो चुनावसित सम्बन्धित विभिन्न पक्षहरूबारे विचार गर्न हिजो श्रावण २० गते ने.क.पा.(मसाल) केन्द्रीय कार्यालयको बैठक बसेको थियो । त्यो बैठकले गरेका निर्णयहरूबारे जानकारी दिन यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. चुनावको त्यो घोषणालाई हाम्रो पार्टीले स्वागत गर्दछ र त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यसका साथै त्यो चुनावसित सम्बन्धित विभिन्न समस्याहरूतिर पनि हाम्रो ध्यान गएको छ । ती समस्याहरूलाई समाधान गरेर नै चुनाव सन्तोषजनक प्रकारले सम्पन्न हुन सक्ने छ भन्ने हाम्रो मत रहेको छ । खास गरेर यसभन्दा पहिले चुनावमा देखिएका विभिन्न गल्ती र कमजोरीहरूको पुनरावृत्ति भएमा चुनाव सन्तोषजनक प्रकारले सम्पन्न हुने कुरामा शङ्का रहने छ ।

    २. निर्वाचन आयोगले चुनावलाई निष्पक्ष र भयरहित बनाउन आचारसंहित बनाएर त्यसको व्यापक प्रचार पनि गरेको थियो । तर चुनावको बेलामा आचारसंहिताको धेरै नै उलङ्घन भयो र पैंशाको पनि व्यापक रूपले चलखेल गरियो । त्यस प्रकारको अनियमिततालाई रोक्न निर्वाचन आयोग र प्रशासन असफल भएका छन् । आगामी चुनावमा त्यस प्रकारको अनियमिततालाई रोक्नु विशेष ध्यान दिनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    ३. हाम्रो यो विश्वास रहेको छ कि अहिले पनि देशमा प्रतिगमनको खतरा गम्भीर रूपमा छ । राजावादीहरूले पहिलेदेखि नै बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नको लागि अभियान चलाउँदै आएका छन् र अहिले पनि उनीहरूको त्यो अभियान कायम नै छ । अहिले ओलीको नेतृत्वमा रहेको एमालेले पनि प्रतिगमनको बाटो समातेको छ । भारतका कट्टर हिन्दुवादी शासकवर्गहरूले पनि त्यो प्रतिगामी अभियानलाई समर्थन गरेका छन् । त्यसले गर्दा प्रतिगमनको खतरा अहिले २०१७ र ०५९ सालको भन्दा बढी गम्भीर हुन गएको छ । आगामी संसदीय र प्रदेश सभाका चुनावहरूमा प्रतिगमनको विजय भयो भने जनताको महान आन्दोलनद्वारा प्राप्त उपलब्धि समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा रहने छ । त्यसैले प्रतिगमनलाई पराजित गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।

    ४. हामीले पहिलेदेखि नै विश्लेषण गर्दै आएका थियौँ कि ओलीले धर्मनिरपेक्षताको ठाउँमा हिन्दु राष्ट्रको स्थापना र गणतन्त्रको ठाउँमा राजतन्त्रको पुनस्र्थापनाको प्रतिगामी नीति अपनाउन थालेका छन् । त्यसैले नेपालका प्रतिगामी शक्तिहरू र भारतीय साम्राज्यवादसित उनको साँठगाँठ बढ्दै गइरहेको छ । त्यसकारण हामीले स्थानीय चुनावका बेलामा एमालेसित कुनै तालमेल नगर्ने नीति अपनाएका थियौँ र आगामी चुनावमा पनि राजावादी र एमालेसित कुनै तालमेल नगर्ने नीति हाम्रो पार्टीको केन्द्रीय समितिले ठेगान गरेको छ ।

    ५. अहिले कतिपय समाचारपत्रहरूले एमालेले धर्म र राष्ट्रियतालाई मुख्य मुद्दा बनाएर चुनाव लड्ने नीति बनाएको कुरा बाहिर ल्याएका छन् । त्यसबाट ओली धर्मनिरपेक्षताको विरुद्ध र हिन्दु राष्ट्रको पक्षमा भएको भन्ने हाम्रो पहिलेदेखिको आलोचना सही सावित भएको छ । हिन्दु राष्ट्रको नीतिले उनीहरूलाई गणतन्त्रका विरुद्ध र राजतन्त्रको पक्षमा लैजान्छ । त्यही कारणले राजावादीहरूले ओलीका कदमहरूलाई समर्थन गर्न थालेका छन् । त्यही प्रकारको प्रतिगामी नीतिका कारणले नै ओलीले दुई दुई पल्ट संसदलाई विघटन गरेका थिए र संसदको पुनस्र्थापनापछि पनि लामो समयसम्म त्यसलाई अवरूद्ध गर्ने नीति अपनाएका थिए ।

    ६. गणतन्त्रका पक्षमा बढेको उच्च जनचेतनाका कारणले राजावादीहरूको स्थिति धेरै नै कमजोर भएको छ र आफ्नै शक्तिका बलमा उनीहरू नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने अवस्थामा छैनन् । त्यसैले उनीहरूले ओली र भारतीय साम्राज्यवादको मदतले आफ्ना प्रतिगामी उद्देश्यहरू पूरा गर्ने प्रयत्न गरिरहेका छन् ।

    ७. एमालेले अहिले धर्मका साथै राष्ट्रियतालाई पनि चुनावी मुद्दाको रूपमा अगाडि सारेको देखिन्छ । एमालेको त्यस प्रकारको प्रचारमा सत्यता छैन । ओली सरकारको एमसीसीप्रति पूरा समर्थन रहेको कुरा आम रूपमा नै विदित छ । जनदबाब र स्वयम् आफ्नै संगठनको दबाबाका कारणले पनि उनीहरू कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालमा देखाएर संसदद्वारा त्यो नक्सा पारित गराउन तयार भएका थिए । अहिले उनीहरूले त्यो नक्सा आफ्नो पालामा पारित भएको भनेर निकै हल्ला गरिरहेका छन् । तर त्यो नक्सा सामेल गरिएको पाठ्यपुस्तकको प्रकाशनमा उनीहरूले रोक लगाएका थिए । संसदमा नागरिकता विधेयकमा मतदान हुँदा एमालेका सांसदहरू मौन बसेको कुरा पत्रपत्रिकाहरूमा सार्वजनिक भएको छ । यी केही उदाहरणहरूबाट पनि प्रष्ट हुन्छ कि राष्ट्रियताप्रतिको उनीहरूको प्रचार कृतिम मात्र हो र त्यो जनतालाई भ्रममा पारेर भोट प्राप्त गर्ने एउटा चाल मात्र हो ।

    ८. एमालेबाट खाली प्रतिगमनको मात्र खतरा छैन । संसदमा अल्पमतमा परेपछि २÷२ पल्ट संसदको विघटन गरेको कुराबाट उनीहरूको कार्यशैली पनि अधिनायकवादी भएको कुरा छर्लङ्ग हुन्छ । त्यसैले चुनावमा उनीहरूले बहुमत वा दुई तिहाई बहुमत प्राप्त गरे भने देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने कुरा निश्चित छ ।

    ९. उपर्युक्त स्थितिमा प्रतिगमनलाई पराजित गर्नको लागि प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्तिहरूका बीचको एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसैले हाम्रो पार्टीले ५ दलीय गठबन्धनमा जोड दिएको थियो र आगामी चुनावमा पनि ५ दलीय चुनावी तालमेलको नीतिमा जोड दिइरहेको छ । यस प्रकारको नीतिका गतकालमा महत्वपूर्ण उपलब्धिहरू भएका छन् र ५ दलीय चुनावी तालमेलको नीतिद्वारा आगामी चुनावमा पनि प्रतिगमनलाई निर्णयात्मक प्रकारले पराजित गर्नु सम्भव हुने छ भन्ने हामीलाई विश्वास छ ।

    १०. तर ५ दलहरूको बीचमा त्यस प्रकारको तालमेलको नीतिलाई कार्यान्वयन गर्ने प्रश्नमा देखा परेको ढुलमुल अवसरवादी कार्यप्रणाली र इमान्दारिताको कमीका कारणले प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्न मुश्किल पर्ने प्रति पनि हाम्रो पार्टीको ध्यान गएको छ । त्यसो भएमा देश प्रतिगमन र अधिनायकवादतिर जाने सम्भावना रहने छ र त्यसका गम्भीर प्रकारका दूरगामी दुष्परिणामहरू हुने छन् ।

    ११. गत स्थानीय चुनावका बेलाम ५ दलका बीचमा एमालेसित कुनै चुनावी तालमेल नगर्ने समझदारी भएको थियो । राजमोले मात्र त्यो नीतिलाई इमान्दारिता र दृढतापूर्वक कार्यान्वयन ग-यो, तर अन्य पक्षहरूले ठाउँठाउँमा ५ दलको स्वीकृत नीतिका विपरित एमालेसित पनि तालमेल गर्ने नीति अपनाएका थिए । कतिपय स्थानहरूमा ५ दलद्वारा स्वीकृत उम्मेदवारका विरुद्ध उम्मेदवार खडा गर्ने वा कतिपय स्थानहरूमा स्थानीय तहका सहमतिका उम्मेदवारका विरुद्ध पनि अन्तर्घात गर्ने कार्यहरू भएका छन् । कतिपय स्थानहरूमा ५ दलका बीचमा सहमतिका उम्मेदवारहरू खडा गर्ने विषयमा पनि पर्याप्त छलफल गरिएन । स्थानीय चुनावका त्यस प्रकारका गल्ती र कमजोरीहरू आगामी चुनावमा नदोहोरिउन् । त्यसका लागि सम्बन्धित सबै पक्षहरूको ध्यान जानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    १२. प्रतिगमनको विरुद्धको संघर्ष अहिलेको राष्ट्रिय आवश्यकता भएको हुनाले त्यसलाई पराजित गर्नको लागि पहिले झै आगामी चुनावमा पनि ५ दलीय चुनावी तालमेल आवश्यक छ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ र त्यो नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नको लागि हामीले सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछौँ र हामीले आफ्ना तर्फबाट पनि इमान्दारितापूर्वक त्यो नीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता प्रकट गर्दछौँ । तर त्यस प्रकारको तालमेल हुन नसकेमा हामी एक्लै पनि चुनावमा जाने छौँ । हामीले चुनावमा जीत र हारलाई भन्दा बढी नीति र राजनीतिलाई नै बढी जोड दिन्छौँ । त्यसैले चुनावमा एक्लै जानुपरेको अवस्थामा पनि हामीले आफ्नो नीति र राजनीतिलाई देशव्यापी रूपमा अगाडि बढाउने प्रयत्न गर्ने छौँ र त्यसबाट हुने उपलब्धि कैयौँ गुणा बढी महत्वपूर्ण हुने छ भन्ने कुरामा हामीलाई दृढ विश्वास छ । तर त्यसरी एक्लै जाने नीति हामीले अन्य पक्षहरूले चुनावी तालमेलको नीतिलाई इमान्दारितापूर्वक अपनाएनन् भने मात्र बाध्यतावश अपनाउने छौँ । तर हाम्रो मुुख्य जोड निर्णयात्मक रूपले प्रतिगमनलाई पराजित गर्नको लागि ५ दलीय चुनावी तालमेललाई सफल पार्नेतिर नै हुनेछ ।

    १३. अहिले हामीले चुनावका लागि देशव्यापी रूपमा आफ्नो तयारी गर्ने काम गरिरहेका छौँ । त्यसको लागि देशका विभिन्न भागहरूमा विभिन्न स्तरमा बैठक, प्रशिक्षण, भेला वा प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको चयन गर्ने काममा पनि हामी लागेका छौँ । त्यसैले हामीलाई विश्वास छ, आगामी चुनावमा राजनीतिक प्रचार, संगठनात्मक विस्तार र जनाधारको निर्माणका कार्यहरूमा अरू महत्वपूर्ण सफलताहरू प्राप्त हुने छन् भन्ने हामीले आशा गरेका छौँ ।

    १४. राष्ट्रिय जनमोर्चाको देश र जनताको बीचमा इमान्दारितापूर्वक काम गरेको लामो र गौरबपूर्ण इतिहास छ । त्यसैले चुनावमा त्यसलाई जनताको व्यापक समर्थन प्राप्त हुने छ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    १५. एउटा कुरामाथि हामीले प्रकाश हाल्न चाहन्छौँ । चुनावको बेलामा मतदाताहरूको मत किन्नका लागि ठूलो पैंमानामा पैंशाको खर्च गर्ने गरिएको छ । त्यसरी जनतालाई भेडा–बाख्रा जस्तै किनबेच गर्ने गरिएको छ । तर हामीले नीति, सिद्धान्त र राजनीतिका आधारमाा नै जनताका बीचमा जाने गरेका छौँ । त्यसरी नै चुनावद्वारा जनताका सच्चा प्रतिनिधि निर्वाचित हुने छन् भन्ने हामीलाई विश्वास छ ।

    १६. हामीले यो कुरा बारम्बार स्पष्ट गर्दै आएका छौँ कि अहिले हामीले जुन पक्षहरूसित चुनावी तालमेल गर्ने नीति अपनाएका छौँ, उनीहरूसित हाम्रा गम्भीर प्रकारका मतभेदहरू छन् । संघीयताको प्रश्नमा हाम्रो पहिलेदेखि नै गम्भीर मतभेद रहँदै आएको छ । एमसीसी र नागरिकता विधेयकको प्रश्नमा पनि हाम्रो अन्य पक्षहरूसित तीब्र मतभेद रह्यो । सरकारका अन्य कतिपय नीति र क्रियाकलापहरूसित पनि हाम्रा गम्भीर प्रकारका मतभेदहरू रहँदै आएका छन् । तिनीहरूबारे हामीले संसदभित्र वा बाहिर पनि लगातार आवाज उठाउँदै वा संघर्ष गर्दै आएका छौँ । तर संयुक्त मोर्चाको नीतिले यो बताउँछ कि सैद्धान्तिक र रणनीतिक विषयहरूमा विरोध भएका पक्षहरूसित पनि कार्यनीतिक रूपमा आवश्यकता अनुसार हामीले अन्य पक्षहरूसित सठबन्धन गरेका थियौँ र अहिले चुनावी तालमेल गर्नुपर्ने आवश्यकतामाथि जोड दिइरहेका छौँ । हाम्रो यो नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुरूप छ, त्यसैले, सही पनि छ ।

    १७. अन्तमा, हाम्रो पार्टीले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन्न र देशको दिगो विकास हुन सम्भव छैन । त्यसकारण हाम्रो आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो मुख्य प्रयत्न त्यसलाई सफल पार्नका लागि नै हुनेछ । तैपनि जनताका तत्कालीन समस्याहरूलाई सकेसम्म समाधान गर्नका लागि हामीले संसदीय प्रणालीलाई पनि उपयोग गर्ने नीति अपनाएका छौँ र त्यसरी पनि जनताका अधिकतम समयस्याहरू समाधान गर्ने र देशको विकास गर्ने हाम्रो प्रयत्न हुने छ ।’
    २०७९ श्रावण २१ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     ‘पाँच दलबीच तालमेल हुन नसके राजमो एक्लै चुनाव लड्छ’

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.