काठमाडौँ । काठमाडौं उपत्यकामा शनिबार बिहान भूकम्पको कडा धक्का महसुस भएको छ।
Advertisement
शनिबार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौंलगायतका स्थानमा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।
काठमाडौं उपत्यका, काभ्रे, रसुवा, नुवाकोट, गोरखा र धादिङसहितका जिल्लामा केही सेकेन्ड भूकम्पको कडा धक्का महसुस भएको छ।
यसअघि साउन १५ गते पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मार्तिम बिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युटको भूकम्प जाँदा ६ घर भत्किनुका साथै ५० वटा घरमा क्षति पुगेको थियो ।
२०७२ सालको भूकम्पपछि पटकपटक पराकम्प हुँदै आएको छ।