• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

क्रान्तिकारी नैतिकता


  •   बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल

    Advertisement

    क्रान्तिकारी भनेको समाजमा आमूल परिवर्तन गराउने उद्देश्य राखेको व्यक्ति हो । त्यस्तो व्यक्तिले गर्नुपर्ने, गर्न हुने र गर्नलाई प्रयत्नशील रहने काम क्रान्तिकारी नैतिकताको पालना हो । यदि त्यसो नगर्ने हो भने त्यो काम क्रान्तिकारी नैतिकता हुन्न वा क्रान्तिकारी अनैतिकता हुन्छ । त्यो व्यक्ति अनैतिक व्यक्ति ठहर्छ ।

    नैतिकवान बन्न सबैभन्दा पहिले व्यक्तिवादलाई दिमागबाट हटाइदिनुपर्छ । यो पुरानो समाजको खतरनाक अवशेष हो । यसले क्रान्तिकारी व्यक्तिलाई चलाकीसाथ पछि हट्न सिकाउँछ । वास्तवमा राजनीतिमा कतिपय व्यक्तिलाई काममा अघि बढ्नेभन्दा पछि हट्ने सजिलो लाग्छ ।

    पुरानो समाजको दोष हटाउन कठोर अध्ययन गर्नुपर्छ । अध्ययन गर्न कसैलाई पनि सजिलो हुन्न भन्ने कुरा लेनिनबाट सिक्नुपर्छ । लेनिनले पढ्न बस्दा आठओटा किताब वरिपरि राखेर बस्ने र एउटा किताबमा ध्यान केन्द्रित गर्न नसक्दासाथ अर्काे किताब पढ्न सुरु गर्ने गरेको पक्कै पनि सजिलो भएर होइन होला, जे जे गर्न सजिलो हुन्छ, त्यही त्यही गरेर क्रान्तिकारी बन्न सकिन्न । यदि हामीले गरेनौँ वा गर्न सकेनौँ भने भावी पुस्ताले हामीलाई धिक्कार गरेर आफूहरू क्रान्तिकारी बन्ने छन् । पार्टी, क्रान्ति, वर्ग, राष्ट्र र मानव समुदायको हितका लागि आफ्नो स्वार्थ त्याग्न आनाकानी नगर्ने व्यक्ति क्रान्तिकारी व्यक्ति हो र त्यो काम क्रान्तिकारी नैतिकताभित्र पर्ने काम हो । यो क्रान्तिकारी नैतिकताको स्पष्ट र उच्च अभिव्यक्ति हो । त्यो हिम्मतबिना आमूल परिवर्तन गर्न सम्भव छैन ।

    क्रान्तिकारीले पहिलेको सानातिना उपलब्धिबाट घमण्ड गर्नहुन्न किनभने झन्पछि झन् ठुला कठिनाइका जिम्माहरू पूरा गर्दै अघि बढ्नुपर्छ । आफूलाई विशेष अधिकारको दाबेदारको रूपमा लिनुहुन्न । त्यसो गर्ने हो भने धेरै पुस्तादेखि दासता ब्यहोरेका शोषित व्यक्तिको स्थान धेरै तल राख्नुपर्छ । त्यो काम क्रान्तिकारी नैतिकताभित्र पर्दैन । त्यसैले नोकरशाही घमण्ड र दुष्ट व्यवहार दुवै क्रान्तिकारी नैतिकतामा रहन नदिने घटिया दर्जाका काम हुन् । धनी सम्पन्न वर्गसँगको दुष्ट्याइँ उनीहरूको स्थान शासकको रूपमा छ । त्यो वर्गीय शासन हो, त्यसैले काम लाग्दैन । गरिब सर्वहारासँगको दुष्ट्याइँले वर्गीय मुक्तिको उद्देश्यसँग मेल खान्न । समग्रमा दुष्ट्याइँ त्याग्नैपर्ने काम हो ।

    अर्काे कुरा, निरन्तरता क्रान्तिकारी नैतिकताको महत्वपूर्ण पक्ष हो र हामीले धेरै पुस्तादेखिको निरन्तरतामा आमूल परिवर्तन गरेर त्यसको ठिक विपरीत दिशामा समाजलाई डोर्याउन चाहन्छौँ । यो काम हाम्रै जीवनमा मात्रै पूरा नहुन सक्छ । धेरै पुस्ता लाग्न सक्छ । त्यसकारण जीवनभर निरन्तर काम गरिरहनुपर्ने र बाँकी रहेको भावी पुस्ताको जिम्मा दिनुपर्ने ठाउँमा आफ्नै जीवनमा पनि विचलित हुने काम क्रान्तिकारी नैतिकताको सीमाभित्र पर्दैन । कुन आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षा र पार्टीको वर्गीय महत्वाकाङ्क्षाबिच अन्तरविरोध पर्याे भने आफै महत्वाकाङ्क्षालाई पार्टीको महत्वाकाङ्क्षामा आत्मसमर्पण गराउनुपर्ने पनि क्रान्तिकारी नैतिकताभित्र पर्दछ । पार्टीमा स्वार्थरहित भएर काम गर्नुपर्छ । आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गरेर काम गर्ने हो काम गर्दा खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारबाहेक अरू क्रान्तिकारी नैतिकता कायम राख्न निरन्तरको अध्ययनबाट आफ्नो सैद्धान्तिक स्तर उठाउने, अरू सङ्गठित साथीहरूसँगै माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचाराधाराको अध्ययन गर्ने कामले मात्र पुग्दैन, निरन्तर सुधार गर्दै अगाडि बढ्न सक्नुपर्छ । आफू मजदुर वर्गको सबैभन्दा अघि बढेको व्यक्तिको रूपमा बुझ्नुपर्छ ।

    मजदुर भनेकै काम गरेर ज्याला खाने व्यक्ति हो । ऊ शोषित यसकारणले हो कि उसले धेरै उत्पादन गरेर थोरै ज्याला खान्छ । उसले उत्पादक श्रम गर्छ र सर्वसाधारण जनताको जस्तै साधारण जीवनशैलीमा बाँच्छ ।

    क्रान्तिकारी व्यक्तिले आफू सङ्गठित भएको पार्टी मजदुर वर्गको सङ्गठित सङ्गठन हो । ऊ मजदुर वर्ग र श्रमजीवी जनताको नेता हो । भविष्यमा गाउँले इलाकामा व्यापक रूपमा मसिनको प्रयोग हुने छ; किसानहरू मजदुर बन्ने छन्; बुद्धिजीवीहरू शारीरिक कामसँग राम्ररी परिचित हुने छन्; मानसिक र शारीरिक कामको भिन्नता विस्तारै मेटिने छ । त्यसैले आफू पार्टी र जनताप्रति निरपेक्ष निष्ठामा रहेको बुझुनुपर्छ । अर्काे बुझ्नैपर्ने कुरा जनताको राजनैतिक चेतनास्तर उच्च बनाउने काम सजिलो नहुने, त्यतिन्जेल शक्तिशाली शत्रुको सामना गर्नैपर्ने अवस्थाको पनि सही र यथार्थ मूल्याङ्कन गर्नैपर्ने हुन्छ । जस्तोसुकै अनुकूल र प्रतिकूल अवस्थामा पनि आफ्नो शिर झुक्न नदिनु पनि क्रान्तिकारी नैतिकताको पालनाभित्र पर्दछ । हरेक कुरामा आफू उदाहरणीय बन्न नसक्ने हो भने आफ्नो शिर ठाडो राख्न सकिन्न । त्यसकारण क्रान्तिकारी व्यक्ति छुट्टै धातुबाट बनेको स्वीकार गर्नुपर्दछ ।

    आफूले फजुल खर्च नगर्ने र रकम हिनामिनाको विरोध गर्ने गर्नुपर्छ । क्रान्तिकारी कार्यकर्ताहरू साच्चिकै मिहिनेती, मितव्ययी, इमानदार, निष्कपट हुन जरुरी छ । आफूहरूले मजदुरसँग मिलेर काम गर्नुपर्छ । श्रममा सहभागी भई जिम्मा पूरा गर्नुपर्छ ।
    पार्टीको उद्देश्य समाजवादी र साम्यवादी समाज स्थापना गर्ने र त्यसको नेतृत्व आफूले लिने हो । त्यसका लागि मजदुर वर्ग र श्रमजीवी जनताको इमानदारिपूर्वक सेवा गर्ने, कहिल्यै ढुलमूल नगर्ने, जस्तोसुकै परिस्थितिमा पनि शत्रुहरूको विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्ने मित्रहरूसित बलियो एकता कायम गर्नुपर्ने हुन्छ । काम गर्दा आफ्नो चाहना र क्षमता अरू सहभागीीको योग्यतालाई ख्याल गरेर मात्र प्रयोग गर्ने गर्न जरुरी छ । त्यसो नगर्ने हो भने साथ र सहयोग पाउन सकिन्न ।

    पार्टी र वर्गका लागि प्राप्त हुने सफलता र विजयको अर्थ लडाकुका लागि सफलता र विजय हो । पार्टी र वर्गबाट छुट्टै रहेर कुनै पनि व्यक्तिले जतिसुकै प्रभावशाली भए पनि केही चिज प्राप्त गर्न सक्दैन । व्यक्तिको हित समाजको हितसित घनिष्ट रूपले जोडिएको हुन्छ ।

    समाजका नीतिनियम र व्यवस्था खराब भएको हुनाले असल बनाउन क्रान्तिकारी बनेको हो । सर्वसाधारण जनता र श्रमजीवी जनतालाई सकेसम्म उच्च किसिमको न्याय दिन सक्नुपर्छ । त्यसो गर्न सकिन्न भने प्रचलित नियम, कानुनको मातहतमा रहेर काम गर्नुपर्छ । त्यो दुवै गर्न नसक्ने हो भने आफू क्रान्तिकारी होइन, बकम्फुसे हुन पुगिन्छ । व्यक्तिको हितले सामूहिक हितसामु आत्मसमर्पण गर्नुपर्छ ।

    क्रान्तिकारीको निरन्तर प्रगति हुन्छ । पार्टीले निरन्तर प्रगति गर्नुपर्छ । समाजको निरन्तर हुने प्रगति सँगसँगै अघि बढ्न नसके अघि बढेको समाजले छोडेर अघि जाने छ ।

    माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको अध्ययन गर्ने आफ्नो समाज र परिस्थितिअन्तर्गत रहेर त्यसलाई लागु गर्नु पहिलो सर्त हो । सिद्धान्तको अध्ययन एउटा महत्वपूर्ण पक्ष हो । त्यसलाई देश, काल, परिस्थितिमा लागु गर्नु त्योभन्दा पनि उच्च महत्वको विषय हो ।

    व्यवहारले कुनै न कुनै सिद्धान्तको पक्षपोषण गरेकै हुन्छ । त्यसकारण सिद्धान्त र व्यवहारमध्ये सिद्धान्त मुख्य हो तर जतिसुकै उच्च महत्वको सिद्धान्त भए पनि व्यवहारमा प्रयोग गरिएन भने त्यसको कुनै अर्थ र महत्व हुन्न । त्यसैले सिद्धान्तको अध्ययन र व्यवहारमा प्रयोग दुवै महत्वपूर्ण काम हुन् ।

    माक्र्सवादलाई कण्ठस्थ पारेर कोही पनि विद्वान हुन सक्दैन । व्यवहार मात्रैलाई प्राथमिक मान्दा गलत चिजको सेवा गर्न पुगिन्छ । उच्च हिमालको चुचुरोबाट जमिनको धेरै फराकिलो क्षेत्र देख्न सकिन्छ तर दैनिक जीवनको कचभैलोबाट धेरै देख्न सकिन्न भनेको पनि सिद्धान्तको बढी महत्व हुन्छ भनेको हो ।

    अध्ययन गरेर मात्र हामीले आफ्नो क्रान्तिकारी नैतिकतालाई दरिलो पार्न सक्छौँ । दरोसँग आफ्नो अडानलाई कायम राख्न सक्छौँ। आफ्नो सैद्धान्तिक र राजनैतिक स्तरलाई माथि उठाउन सक्छौँ । पार्टीद्वारा आफूलाई सुम्पिएका काम पूरा गर्न सक्छौँ । प्रत्येक दिन थोरै धेरै जति भए पनि नियमित पार्टीको जिम्मेवारीमा समय छुट्याएर काम पूरा गर्न खट्न सक्छौँ । नियमितता अत्यन्तै महत्पूर्ण पक्ष हो । हामीले काम गर्ने हो । जीवनभर काम गर्ने हो । सकेजति कम गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो । उनीहरूको पनि निरन्तरताबाट निर्णायक काम हुन्छ । फेरि पनि निरन्तरताकै आवश्यकता पर्दछ । देश, काल र परिस्थिति बद्लेर उच्च स्तरमा चढ्दै जान्छ ।

    हामीले हाम्रो पुस्तामा मात्र बिग्रेको काम गर्दै छैनौँ, धेरै पुस्ता पहिलेदेखि गलत दिशातिर अघि बढेको समाजलाई सही दिशामा गति दिनका लागि प्रयास गरिरहेका छौँ । रुखका हाँगाको फैलावट हेरेर जराको फैलावट पत्ता लगाउन सकिन्छ, जमिन उधिनेर हेर्नुपर्दैन । ठिक त्यस्तै गरेर समाजमा रहेका वर्गको इतिहास हेरेर, वर्गसङ्घर्षको गति हेरेर भविष्यको अवस्थालाई सही अनुमान लगाउन र इतिहासले भविष्यलाई प्रमाणित गर्न सकिन्छ । विगतको धेरै पुस्तामा हुन नसकेका काम वर्तमानको एकै पुस्तामा हुन सकेकोबाट अनिवार्य रूपमा शोषण र अन्यायको समय पनि छोटो हुने छ भन्ने प्रमाण पेस गर्न सकिन्छ ।

    हामीले गर्ने कुरा र कामका बिचमा एकरूपता ल्याउँदै अघि बढ्ने हो भने हाम्रो विजय निश्चित हुने छ । पार्टी र वर्गभावनाको प्रतिनिधि आफू भएर आफ्नो गतिविधि अगाडि बढाउन र अरूको साथ र सहयोग पाउन सकेसम्मको प्रयत्न गर्नु आवश्यक छ ।

    श्रमजीवी वर्गमा आफ्नो वर्गीय चिन्तन आफै आउन्न । बुद्धिजीवीहरूले वर्गीय भावना विकास गराउनुपर्छ । फेरि बुद्धिजीवी समाजमा सम्मानित र धेरै पारिश्रमिक पाउनेहरू हुन्छन् । उनीहरूमा बनिबनाउ क्रान्तिकारी नैतिकताको विचार विकास भएको हुन्न । कम्युनिस्ट पार्टीले आफ्नो सम्पर्कमा ल्याएर अध्ययन, अध्यापन गराएर वर्गीय चेतनाको विकास गराउनुपर्छ । उनीहरूमा श्रम र श्रमिकप्रति सम्मान गर्न सक्ने बनाउनुपर्छ । त्यही काम पनि छिट्टै र सजिलै पूरा हुन सक्दैन । त्यसका लागि लामो समयसम्म लगातारको प्रयत्नको अवाश्यकता पर्दछ । क्रान्तिकारी नेतृत्वको जिम्मामा पर्ने त्यो काम जो त्यो र जस्तो तस्तोले पूरा गर्न सक्दैन ।

    पार्टी र श्रमिक युवा सङ्घका सबै सदस्यले तथा पार्टीभित्र र बाहिरका सबै कार्यकर्ताले पार्टी र जनताको सेवामा आफ्नो जीवन अर्पण गर्न दृढता सङ्कल्प गर्नुपर्छ । करिब ८० वर्षको जीवनमा सफलता प्राप्त गरेँ भनेर रमाउन र मुक्त हुन सुरुदेखि नै उद्देश्य निश्चित गरेर काम गर्न सुरु गर्नुपर्छ ।

    धेरैजसो मान्छेले आफ्नो उद्देश्य व्यक्तिगत स्वामित्वमा धेरै सम्पत्ति आर्जन गर्ने र अरूलाई काम गराएर आफूले केही काम गर्न नपरेको अवस्थालाई मुक्त भएको अवस्था मान्ने र उद्देश्य नै त्यही बनाएर जीवन बिताउँछन् । भयो भने सफल भएको र भएन भने असफल भएको आफ्नो मूल्याङ्कन गर्छन् । त्यो सही होइन । मुक्त हुने व्यक्ति होइन, वर्ग हो ।

    मान्छे प्रकृतिको सर्वश्रेष्ठ जीव हो । यति उच्च जीव, जसको शरीरमा सबैभन्दा उच्च मष्तिस्क भन्ने वस्तु हुन्छ । त्यसले त्यो उच्च वस्तुको उपयोग आफू जस्तै अर्काे व्यक्तिलाई शोषण गर्नमा होइन, समानता कायम गर्न लगाउनुपर्छ । समानता कायम गर्ने भनेको प्रकृतिमा भएका अरू वस्तुलाई मानवको र सबै मानवको हितमा उपयोग गर्न सक्नुपर्छ । वर्तमान समाजमा एउटा मान्छेले अर्काे मान्छेलाई शोषण गर्न सबैभन्दा बढी समय लगाउँछन् । त्यसैले सङ्गठित शक्ति प्रयोग गरेर त्यसलाई सधैँका लागि निर्मूल पार्न समय र योग्यता खर्च गर्नुपर्छ, जुन अहिलेका मान्छेले गर्ने कामको विपरीत काम हो । त्यति महत्वपूर्ण काममा जीवन बिताउन पाउनु भनेको सबैभन्दा गौरवपूर्ण सफलता हो । त्यसकारण हामीले खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारका लागि काम गर्नुपर्छ । व्यक्तिगत कामका लागि न्यूनतम समयमा ती आधारभूत समस्या समाधान गर्न सकिन्छ भने ती काम पनि समूहको एउटा सदस्यको हैसियतमा सामूहिक रूपमै समाधान गर्ने नभएर व्यक्तिगत रूपमै भए पनि समाधान गरेर सामूहिक हितका लागि समय बचाउनुपर्छ ।

    बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.