अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका वार्ड न १ भगवती टोलसुधार समितिका सदस्यद्वय ज्ञानप्रसाद खनाल र मतिराम खनाललाई मातृशोक परेको छ । खनालद्वयका आमा धनकुमारीको यही साउन १५ गते ७८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो।
मृतक खनालको स्थानीय घाट साम्नेखोलाको सिटेनीमा अन्त्येष्टि गरिएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालले धनकुमारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य युवा नेता तथा भूमिकास्थान नगरपालिका–१ का निवर्तमान वडा अध्यक्ष भोजराज खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवम् जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद खनाल, अखिल नेपाल शिक्षक संघका हिमलाल खनाल, जातीय समता समाजका राम बहादुर नेपाली, अखिल नेपाल महिला संघकी सान्ता खनाल, भूमिकास्थान नगरपालिका वार्ड न १ का निर्वाचित वडासदस्य गोपालबहादुर नेपाली, चमकला नेपालीलगायत स्थानीयको उपस्थिति रहेको थियो ।
मृतक धनकुमारी खनालका श्रीमान्, तीन छोरा, तीन बुहारी र चार छोरी ज्वाइँ र नाति–नातिना छन् । कान्छो छोरा रोमाखर खनालको केही वर्ष पहिले निधन भएको थियो ।