काठमाडौं । विवादित नागरिकता विधेयकको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरिएको छ ।
Advertisement
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले मकवानपुरको हेटौँडा प्रदर्शन सहित पुत्ला दहन गरेको हो ।
चर्को नाराबाजी गर्दै सडकमा उत्रिएका राप्रपाका कार्यकर्ताले हेटौँडामा मसाल जुलुस पनि निकाले। त्यसक्रममा उनीहरुले राष्ट्रियताविरुद्ध सौदाबाजी गरेर नागरिकता विधेयक पास गरेको भन्दै देउवा र प्रचण्डको पुत्ला जलाएका हुन्।
राप्रपा मकवानपुरले नागरिकता विधेयकसँगै देशमा बढेको महँगी, भ्रष्टाचारलगायत नागरिक सरोकारका विषयलाई लिएर प्रदर्शन गरेको हो।