• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सांस्कृतिक रूपान्तरण


  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    (“का. जलजला” उपन्यासको चौथो भाग ‘विश्व दर्शन’ को सांस्कृतिक रूपान्तरणको एउटा अंश)
    जलजला कोठामा एक्लै बसिरहेकी थिइन् । उनको मनमा कैयौँ कुरा आउने र जाने गरिरहेका थिए । आज उनको मनमा खास गरेर विश्व कम्युनिस्ट आन्दोलन तथा नेपालको पनि कम्युनिस्ट आन्दोलनबारे कैयौँ कुरा उठ्ने गरिरहेका थिए ।

    रुसमा पुँजीवादको पुनस्र्थापना
    त्यो सोचेर जलजला कैयौँ बेरसम्म दुखित भइन् । लेनिन, स्तालिन, लाखौँ क्रान्तिकारी र करोडौँ मिहिनेतकस जनताको बलिदानबाट कायम भएको समाजवादी व्यवस्था मुठ्ठीभर पुँजीपति वर्ग, स्वयम् कम्युनिस्ट पङ्क्तिबाट निस्केका गैरक्रान्तिकारीका कारणले समाप्त भएको थियो ।

    रुसका पहिलेका तिनै कम्युनिस्टहरू आज ठुलो पैमानामा पहिलेको राजकीय सम्पत्ति वा त्यहा“का सामूहिक कृषि फार्मका जमिन वा कलकारखानाका स्वामी बनेका थिए ।
    चीनमा भएको प्रतिक्रान्तिका लागि पनि त्यही प्रकारको स्थितिले काम गर्यो ।
    रुसको जस्तो स्थितिको पुनरावृत्तिलाई रोक्न माओले चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरे तर त्यो सांस्कृतिक क्रान्ति असफल भयो । त्यसैले त्यहाँ समाजवादी व्यवस्थाको पतन भयो ।

    चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति किन असफल भयो ? त्यसलाई ठुलो पैमानामा सञ्चालन गरिएको थियो । लाखौँ कार्यकर्ता देशव्यापी रूपमा त्यसमा सक्रिय भएका थिए । पार्टीको पूरै पङ्क्ति, मजदुर, किसान, बुद्धिजीवी, युवक, विद्यार्थीसमेतको ठुलो समूह त्यो अभियानमा संलग्न भएको थियो । तैपनि त्यो किन असफल भयो ?

    जलजलाले यो महसुस गरिन्, चीनमा त्यति ठुलो पैमानामा सांस्कृतिक क्रान्ति चलेको भए पनि स्वयम् पार्टी पङ्क्तिभित्र ठुलो पैमानामा भएको व्यक्तिवादी, पुँजीवादी दृष्टिकोणको कारणले वा त्यसले पु¥याएको बाधाका कारणले नै त्यो सांस्कृतिक क्रान्ति असफल भएको थियो । त्यो कारणले सांस्कृतिक क्रान्तिको औचित्यलाई कम गर्दैनथ्यो तर त्यसको अरू व्यापक र उच्च प्रकारको आवश्यकतालाई बताउँथ्यो ।

    रुस र चीनसहितका देशहरूमा समाजवादी व्यवस्थाको पतन वा चीनको सांस्कृतिक क्रान्तिको असफलताबारे सोच्दासोच्दै जलजलाको ध्यान पुनः यो कुरातिर गयो : त्यस प्रकारको समस्या खालि क्रान्ति सफल भएका देशमा मात्र देखा पर्दैन, अझै सत्तामा नपुगेका संसारभरिका कम्युनिस्टमा पनि आम रूपमा त्यस प्रकारको समस्या हुन्छ ।

    संसदीय चुनावमा गएपछि पनि कैयौँ कम्युनिस्ट पार्टीहरूले दक्षिणपन्थी बाटो समात्छन् । सरकारमा सामेल भएका कारणले कैयौँ कम्युनिस्ट बिग्रन्छन् तर सरकारमा सामेल भएका कारणले नै सबै कम्युनिस्ट पार्टी बिग्रन्छन् भन्ने होइन । त्यसको निर्णयात्मक प्रश्न यो हो : कुनै पार्टी आफ्नो सङ्गठनभित्र देखा परेको गैरकम्युनिस्ट दृष्टिकोणमाथि कहाँसम्म सुधार वा नियन्त्रण गर्न सफल हुन्छ वा त्यसबारे उदार तथा सम्झौतापरस्त दृष्टिकोण अपनाउँदै जान्छ ? त्यसरी आफूभित्रको गैरकम्युनिस्ट दृष्टिकोण वा चरित्रमा नियन्त्रण गर्न नसकेमा सशस्त्र सङ्घर्षको बाटो समातेका कम्युनिस्ट पार्टीमा पनि पतन हुने गरेका थुप्रै उदाहरण छन् ।

    कम्युनिस्ट पार्टीभित्र देखा पर्ने गरेका त्यस प्रकारका समस्याबारे सोच्दासोच्दै जलजलालाई धेरै दुःख र चिन्ता लागेर आयो । उनलाई यस्तो लाग्यो, दुस्मनको हमलाबाट भन्दा स्वयम् कम्युनिस्ट पार्टीभित्रका विकृतिका कारणले नै कम्युनिस्ट आन्दोलनलाई धेरै नोक्सान पुग्ने गरेको थियो । विश्व समाजवादी व्यवस्थाको पतनका पछाडि पनि त्यही कारणले नै ठुलो भूमिका खेलेको थियो ।

    स्वयम् सशस्त्र सङ्घर्षको बाटोमा गएका कैयौँ कम्युनिस्ट पार्टीले पनि दक्षिणपन्थी बाटो समातेका कैयौँ उदाहरण छन् तर त्यसको अर्थ संसदीय व्यवस्थामा गएका सबै कम्युनिस्ट पार्टी बिग्रन्छन् भन्ने होइन । रुसको बोल्सेभिक पार्टीको उदाहरण पनि अगाडि थियो । जारको डुमामा भाग लिएर पनि त्यसको क्रान्तिकारी चरित्रमा आँच पुगेको थिएन ।

    कुनै कम्युनिस्ट पार्टी लामो समयसम्म क्रान्तिकारी बाटोमा अगाडि बढ्छ तर त्यसको जीवनमा पुनः एउटा यस्तो मोड पनि आउँछ, जहाँ पुगेपछि त्यसले एक वा अर्को प्रकारले पतनको बाटो समात्न पुग्छ । लेनिन, स्तालिन, माओ, होचिमिन्ह, क्यास्ट्रो आदिले नेतृत्व गरेका कम्युनिस्ट पार्टीको इतिहासमा त्यस्ता मोड आए । संसारका सयकडौँ पार्टीको जीवनमा त्यस प्रकारका मोड आउने गरेका छन् । आखिर त्यसको कारण के हो ? जलजलाको मनमा बारम्बार यो प्रश्न उठ्यो ः के हो ? के हो ? के हो… ? के त्यसको कुनै उपाय छैन । कम्युनिस्टहरू दुस्मनसित लड्छन् । पुनः उनीहरूसित मिल्न पुग्छन् । उनीहरूका अगाडि आत्मसमर्पण गर्न पुग्छन् । आखिर त्यस्तो किन हुन्छ ? जलजलाले मनमनै सोचिन् ।

    कैयौँपल्ट यस्तो हुन्छ एउटा पुस्ताले क्रान्तिको बाटो समात्छ, अर्को पुस्ताले दक्षिणपन्थी दिशा समात्छ । त्यो सिलसिला कहाँसम्म पुग्दछ ? के अन्तमा उनीहरू माक्र्सवादी–लेनिनवादी सिद्धान्तको परित्याग गर्न वा कम्युनिस्ट पार्टीको विघटनसम्म गर्न पुग्छन् ? रुसमा संशोधनवादीले त्यही गरे । चीनमा त्यही भयो । नेपालमा पनि डा. रायमाझीले त्यही गरे ।

    कम्युनिस्टहरूले समाजलाई बदल्न सङ्घर्ष गर्दछन् । नयाँ जनवाद, समाजवाद वा अन्तमा शोषणविहीन समाज व्यवस्था स्थापनाका लागि सङ्घर्ष गर्दछन् तर त्यसो गर्दा उनीहरूभित्र रहेको पुँजीवादी वा निम्न पुँजीवादी दृष्टिकोणबाट उनीहरू मुक्त भएका हुन्नन् । उनीहरूको त्यस प्रकारको दृष्टिकोण पार्टी, सङ्गठनात्मक प्रणाली वा कार्यशैलीमा विभिन्न प्रकारले प्रकट हुने गर्दछ । त्यसको परिणामस्वरूप विभिन्न देशका कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका विचलन, भटकाव देखा पर्ने गर्दछन् । उनीहरू क्रान्तिको मार्गबाट पछाडि हट्ने गर्दछन् ।

    कैयौँ व्यक्तिहरूले जब कम्युनिस्ट पार्टीमा प्रवेश गर्दछन्, उनीहरू इमानदार हुन्छन् । पार्टीका सिद्धान्त र उद्देश्यका पक्षमा दृढतापूर्वक काम गर्ने अठोटका साथ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्छन् तर त्यसो गर्ने बेलामा उनीहरूले आफूभित्रको निम्न पुँजीवादी वा गैरकम्युनिस्ट दृष्टिकोण वा चरित्रलाई देखेका हुन्नन् तर जब त्यस प्रकारको दृष्टिकोण वा चरित्रले समात्दै जान्छ, कतिपय त्यो स्थितिको सामना गरेर क्रान्तिको बाटोमा निरन्तर अगाडि बढ्छन् । कतिपयले पलायन र विचलनको बाटो समात्छन् । कतिपयले पूरै कम्युनिस्ट पार्टीलाई नै आफ्नो दक्षिणपन्थी उद्देश्य पूरा गर्ने साधन बनाउँछन् ।

    पार्टीलाई त्यस प्रकारको भटकावबाट बचाउन त्यस प्रकारका कमजोरी वा विकृतिका विरुद्ध लगातार सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ तर कैयौँपल्ट एकता, सद्भाव कायम राख्न वा पार्टीलाई फुटबाट बचाउनका लागि त्यस प्रकारको सङ्घर्षलाई शिथिल पार्ने गरिन्छ । कैयौँपल्ट सही विचारको ठाउँमा गलत विचार राख्ने वा निम्न पुँजीवादी तत्त्वको पक्ष बलियो हुन्छ । त्यो अवस्थामा पूरै पार्टीले दक्षिणपन्थी वा कतिपय अवस्थामा उग्र ः वामपन्थी दिशा लिन जान्छ । त्यसको परिणामस्वरूप पार्टीमा एक वा अर्को प्रकारको भटकाव देखा पर्दछ । त्यसरी पार्टीभित्र सिद्धान्तहीन प्रकारले एकता वा सद्भाव कायम गर्ने प्रयत्नले झन् ठुलो फुट, विस्फोट वा विचलनलाई जन्म दिन्छ ।

    उनलाई लाग्यो, त्यस प्रकारको कमजोरीका कारणले विश्व कम्युनिस्ट आन्दोलन धेरै कमजोर भएको थियो र त्यो रक्षात्मक अवस्थामा पुगेको थियो । त्यो अवस्थामा संसारका सबै कम्युनिस्टमा सांस्कृतिक रूपान्तरण एकदम आवश्यक बन्न गएको छ । त्यसलाई अरू प्रभावशाली र व्यापक रूपले चलाउनु आवश्यक छ । जब जब पनि क्रान्तिकारी सांस्कृतिक रूपान्तरणको कार्य शिथिल हुन्छ वा पछाडि पर्दछ, कम्युनिस्ट पार्टीले एक वा अर्को प्रकारले विचलनको बाटो समात्नु अवश्यम्भावी छ । त्यो अवस्थामा पार्टीको विघटन हुन्छ वा बाहिर त्यो कम्युनिस्ट पार्टीको रूपमा रहे पनि भित्रबाट त्यसको क्रान्तिकारी आत्माको मृत्यु भइसकेको हुन्छ ।

    जलजलाले नेपालको कम्युनिस्ट आन्दोलनका कैयौँ कम्युनिस्ट कार्यकर्ताको व्यवहार वा कार्यप्रणालीबारे सरसरी प्रकारले विचार गर्न थालिन् । उनीहरू संसारलाई नै बदल्ने महान् उद्देश्य लिएर पार्टीमा लागेका हुन्छन् । देशमा तानाशाही व्यवस्था थियो, जसलाई समाप्त गरेर पुनः प्रजातान्त्रिक प्रणाली निर्माण गर्न उनीहरूले सङ्घर्ष गरिरहेका थिए । त्यो सङ्घर्षको क्रममा उनीहरूका विरुद्ध वारेन्ट काटिन्छ; गिरफ्तार हुन्छन्; जेलमा पर्छन्; यातना सहन्छन् तर उनीहरूभित्र पनि विभिन्न रूपमा पुँजीवादी वा निम्न पुँजीवादी वा व्यक्तिगत स्वार्थपरायण दृष्टिले काम गरिरहेका हुन्छन् । उनीहरू प्रायशः सानातिना व्यक्तिगत स्वार्थका लागि आपसमा लडिरहेका देखिन्छन् । पार्टीमा विभिन्न प्रकारका व्यक्तिगत अवसर त्यसका लागि एकार्काको विरोध गर्छन् । गुटबन्दी गर्ने, कतिपय अवस्थामा निक्रिय हुने वा पार्टी परित्याग गर्ने गर्छन् ।
    कतिपयले सरकारी दमन वा गिरफ्तारीबाट बच्न, पञ्चायती व्यवस्थाअन्तर्गत कैयौँ पद वा फाइदा प्राप्त गर्न पञ्चायती व्यवस्थामा सामेल हुने पनि गर्दछन् । पार्टीका सामान्य सदस्य मात्र होइन, जिल्ला वा केन्द्रका कैयौँ नेताले पनि त्यसो गरेका थिए ।

    पार्टी वा पार्टीका विभिन्न नेतृत्वदायी पदमा रहेर वषौँँ वा दशकौँसम्म काम गरेका कैयौँ व्यक्तिको पनि त्यसरी पतन हुने गरेका कैयौँ उदाहरण छन् । उनीहरू मन्त्री बन्छन् । राजदूत, अञ्चलाधीश, सिडिओ, राष्ट्रिय पञ्चायत सदस्य बन्छन् वा अरू कैयौँ पदमा पुग्छन् । त्यसलाई उनीहरूले आफ्नो जीवनको सफलता ठान्छन् ।

    त्यो देख्दा उनलाई दुःख लाग्दथ्यो । उनका मनमा बारम्बार यो प्रश्न उठ्ने गर्दथ्यो ः त्यस्तो किन हुने गर्दछ ? कम्युनिस्टहरूमा देखा पर्ने त्यस प्रकारका प्रवृत्तिका कारणले नै कुनै देशमा क्रान्ति भएपछि वा कम्युनिस्ट पार्टी सत्तामा गएपछि पनि उनीहरूलाई गैरक्रान्तिकारी दिशामा लैजाने गर्दछ ?

    एकातिर सारा संसारलाई बदल्ने र समाजवाद तथा साम्यवादको लक्ष्य प्राप्त गर्ने महान् क्रान्तिकारी लक्ष्य, अर्कातिर, विद्यमान पुँजीवादी, प्रतिक्रियावादी सामाजिक व्यवस्था, मनोविज्ञान वा संस्कृतिसितको सम्बन्ध । त्यो सीमाभित्र नै बाँच्नुपर्ने र काम गर्नुपर्ने बाध्यताले वा स्थितिले नै उनीहरूमा दोहोरो चरित्र देखा पर्ने गर्दछ ः एकातिर, क्रान्तिको दिशामा अगाडि बढ्ने उद्देश्य; अर्कातिर, क्रान्तिकारी लक्ष्यका दिशाबाट विचलनका प्रवृत्ति ।

    त्यो अवस्थामा कम्युनिस्टहरू लगातार द्वन्द्वको अवस्थामा रहनुपर्दछ । क्रान्तिकारी उद्देश्यले उनीहरूलाई क्रान्तिको दिशामा अगाडि बढाउने प्रयत्न गर्दछ तर पुँजीवादी दृष्टिकोणले पछाडि तान्ने गर्दछ ।
    केटाकेटी छँदा उनले सर्प र सिढीको खेल खेल्थिन् । माथि चढ्दै गयो तर कुनै पनि बेला सर्पको मुखमा परेर तल जाने खतरा हुन्थ्यो । सायद प्रत्येक कम्युनिस्टका अगाडि सधैँ सर्पको मुखमा पर्ने र विचलनको बाटो समात्ने खतरा हुन्छ ।

    उनले कैयौँ हिन्दु ग्रन्थमा पढेकी थिइन्, कैयौँ ऋषिले तपस्या गर्दथे; वर्षौसम्म तपस्या गर्दथे; ऋषिको तपस्याबाट भयभित भएर इन्द्रले अप्सरालाई तपस्या भङ्ग गर्न पठाउँथे । अप्सराको मोहमा परेर कैयौँ ऋषिको तपस्या भङ्ग हुन्थ्यो । सायद त्यही कुरा कम्युनिस्टहरूको सन्दर्भमा पनि लागु हुन्छ ।

    जीवनभरिको तपस्या, क्रान्तिको साधना तर पुँजीवादी प्रलोभन वा भयका कारणले कैयौँ कम्युनिस्टको तपस्या भङ्ग हुन्छ; उनीहरूको विचलन हुन्छ; उनीहरू क्रान्तिको बाटोबाट पछाडि हट्छन्; दक्षिणपन्थी अवसरवादी बन्छन्; गद्दार बन्छन् । उनीहरूले गैरक्रान्तिकारी उद्देश्य पूरा गर्न थाल्छन्; त्यसैमा रमाउँछन् । त्यही कारणले हजारौँ, लाखौँ सहिदको बलिदानबाट कायम भएको समाजवादी व्यवस्थाले पुँजीवादी रूप लिन पुग्दछ ।

    क्रान्ति हुन्छन् । ती बारम्बार ढल्छन् । कम्युनिस्टहरू क्रान्तिकारी बाटोमा अगाडि बढ्छन् तर बिच बाटोमा नै उनीहरूले पलायनको बाटो समात्दछन् । मानिसहरू कम्युनिस्ट बन्छन् तर उनीहरू पुनः गैरकम्युनिस्ट दिशातिर लाग्दछन् ।

    के त्यो यस्तो असाध्य समस्या हो र त्यसको कुनै समाधान छैन ? के त्यो एउटा ‘भिसस सर्कल’ हो ? जसबाट मुक्त हुने कुनै उपाय छैन ? के त्यो यस्तो चक्रव्यूह हो, जहाँ पस्ने सबैको अभिमन्युको जस्तो अन्त्य हुनुबाहेक कुनै विकल्प छैन ?
    होइन, कुरा त्यस्तो होइन । क्रान्तिकारी आन्दोलनमा देखा पर्ने पलायन, विचलन वा निराशा गौण र अस्थायी कुरा हुन् । त्यस प्रकारको चरण पार गर्दै मानव जाति लगातार अगाडि बढ्दै आएको छ ।

    के मानिसहरूको त्यस प्रकारको चिन्तन अपरिवर्तनशील कुरा हो ? होइन । त्यस्तो भएको भए बालक कालमा जुन प्रकारको दृष्टिकोण वा सोचाइ हुन्छ, त्यो जीवनभरि नै रहिरहनुपर्ने । हजारौँ वर्षदेखि मानिसहरूको एकै प्रकारको सोचाइ रहेको हुन्थ्यो । प्राचीन कालदेखि उनीहरूको जुन प्रकारको चिन्तन, मनोविज्ञान वा सामाजिक जीवन थियो, त्यही आज पनि यथावत् रूपमा कायम रहेको हुन्थ्यो तर त्यस्तो हुने गरेको छैन ।

    बेग्लाबेग्लै परिस्थिति बेग्लाबेग्लै प्रकारको प्रभावले उनीहरूमा बेग्लाबेग्लै प्रकारको चिन्तन र जीवनको अवस्थामा परिवर्तन हुने गर्दछ र हुँदै पनि आएको छ ।

    युगौँयुगदेखि मानिसको दृष्टिकोणमा त्यसरी परिवर्तन हुँदै आएको छ । जुन भौतिक परिस्थिति, सामाजिक जीवन र प्रभावले उनीहरूको चिन्तनको स्वरूपलाई निर्धारित गर्दछ, र त्यसमा परिवर्तन भएपछि मानिसको चिन्तनमा परिवर्तन हुनु स्वाभाविक र अनिवार्य छ । समाजको विकासको अहिलेसम्मको इतिहासमा विचार गर्दा समाजको आर्थिक, सामाजिक अवस्थाका साथै मानिसको चिन्तनको पनि लगातार विकास हुँदै आएको छ । त्यो विकास निम्न स्तरबाट माथिल्लो अवस्थामा हुँदै आएको छ । समाज वा व्यक्ति दुवैका सन्दर्भमा त्यो कुरा लागु हुन्छ ।

    मानिसमा व्यक्तिवादी र स्वार्थपरायण प्रवृत्ति हुन्छन् । त्यसका साथै उनीहरूमा सामाजिक प्रवृत्ति पनि हुन्छ । उनीहरूमा सामाजिक हितका लागि काम गर्ने प्रवृत्ति पनि हुन्छ । समाजको इतिहासमा मानिसहरूले सामाजिक हितका लागि काम गरेको, त्यसका लागि व्यक्तिगत स्वार्थको त्याग र बलिदान गर्दै आएको पनि लामो, गौरवपूर्ण र उज्ज्वल इतिहास छ । कम्युनिज्मले त्यही प्रकारको उच्च दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ । कैयौँ विचलन, पलायन वा प्रतिक्रान्तिको लामो सिलसिलाका बाबजुद त्यस प्रकारको उच्च सामाजिक र क्रान्तिकारी दृष्टिकोणको प्रायः विकास हुँदै आएको र हुँदै जाने कुरा निश्चित छ । त्यसैको परिणाम हो कि समाजलाई सधैँ यथास्थितिमा राखिरहने र प्रतिगमनतिर लैजाने प्रयत्नका बाबजुद समाजको लगातार उच्च रूपमा विकास हुँदै आएको छ ।

    समाजमा प्रचलित सोचाइभन्दा माक्र्सवादी–लेनिनवादी चिन्तन वैज्ञानिक छ र त्यो कैयौँ गुणा शक्तिशाली छ । यस प्रकारको चिन्तनद्वारा दीक्षित भएपछि मानिसमा उच्च प्रकारको सामाजिक, क्रान्तिकारी चिन्तन र चरित्रको निर्माण हुन सक्दछ ।
    क्रान्तिकारी आन्दोलनमा बारम्बारको असफलताका बाबजुद विश्वको इतिहास लगातार अग्रगामी दिशामा विकास हुँदै आएको छ । मानव जातिको स्वभाव विशुद्ध रूपले व्यक्तिवादी र स्वार्थपरायण भएको भए त्यस्तो हुने थिएन । समाजमा सधैँ प्रतिगामी व्यवस्था नै कायम रहिरहन्थे ।

    मानिसहरू विशुद्ध रूपले व्यक्तिवादी र स्वार्थपरायण रहने गरको भए मानवीय हित वा परिवर्तनका लागि उनीहरू अग्रसर हुने गर्दैनथे । सामाजिक हित, परिवर्तन वा विकासका लागि त्याग र बलिदान गर्ने वा सङ्घर्ष गर्ने क्षमता वा स्प्रिट उनीहरूमा उत्पन्न हुन सक्दैनथ्यो ।

    जलजलाको मनमा एउटा कुरा उठ्यो । सामाजिक हित भनेको के हो ? त्यो कुनै अमूर्त र निरपेक्ष कुरा होइन । समाजमा ता सबै प्रकारका मानिस हुन्छन् । समाजको हितबारे सोच्ने मानिसहरू वा सामाजिक हितमाथि कुठाराघात गरेर व्यक्तिगत स्वार्थ पूरा गर्न प्रयत्न गर्ने मानिसहरू । ती मानिसहरू बेग्लाबेग्लै वा वर्गहरूमा बाँडिन्छन् । त्यही क्रममा शोषक र शोषित बन्दै जान्छन् । समाजको विकासका बेग्लाबेग्लै चरणमा उनीहरूका स्वरूपमा पनि परिवर्तन हुँदै जान्छ । उनीहरूका बिचमा सङ्घर्ष हुने गर्दछ । त्यो सङ्घर्षका पनि दुईओटा पक्ष हुन्छन् :

    प्रतिक्रियावादी पक्षले समाजमा यथास्थिति कायम राख्ने र समाजलाई प्रतिगामी दिशामा लैजाने प्रयत्न गर्दछ भने क्रान्तिकारी पक्षले समाजलाई अगाडि लैजाने प्रयत्न गर्दछ ।

    उच्च क्रान्तिकारी आन्दोलनले नै समाजलाई लगातार निम्न र पिछडिएको अवस्थाबाट उच्च र विकसित अवस्थामा अगाडि बढाउदै आएको छ ।

    लाखौँलाख मानिसहरू कम्युनिस्ट पार्टीका सदस्य बन्छन् । व्यक्तिगत लाभ वा सुखको जीवनलाई छाडेर समाजसेवाको बाटो समात्छन् । परिवर्तन र क्रान्तिको मार्गमा अग्रसर हुन्छन् । कैयौँ दुःख, कष्ट सहन्छन् । त्याग र बलिदान गर्छन् । जीवनभरि लामो समयसम्म क्रान्तिको साधना गर्छन् । त्यसरी कम्युनिस्टहरू समाजका अरू मानिसभन्दा बेग्लै हुन्छन् । पूरै नै व्यक्तिगत फाइदा र सुखका लागि काम गरिरहने मानिसहरूभन्दा बेग्लै हुन्छन् । यो कम महत्वपूर्ण कुरा होइन ।

    उनीहरूमा त्यस प्रकारको चिन्तनको विकास कसरी भयो ?
    कम्युनिस्टहरूमा देखा पर्ने त्यस प्रकारको चिन्तन, चरित्र वा व्यवहार खालि विशुद्ध रूपमा वा सम्पूर्ण रूपले कम्युनिस्टको मात्र चिन्तन, चरित्र वा व्यवहार होइन । समाजमा पनि त्यस प्रकारका प्रवृत्ति पाइन्छन् । मानिसले खालि आफ्नो स्वार्थका लागि मात्र काम गर्दैनन् । समाजमा जुन प्रकारका सामाजिक वा समाज सेवाका भावना प्रकट हुन्छन्, त्यसको एउटा विकसित र परिमार्जित रूपमा कम्युनिस्टको दृष्टिकोण प्रकट हुन्छ । अरूको भन्दा कम्युनिस्टको चिन्तनमा भएको विशेषता यो हो कि उसले समाजको हितका लागि वर्तमान समाज व्यवस्था वा संसारलाई नै बदल्नुपर्ने आवश्यकतामा जोड दिन्छन् र त्यो दिशामा अगाडि बढ्छन् ।

    उनीहरूले समाज सेवाका कार्यलाई निरपेक्ष रूपमा लिँदैनन् । उनीहरूले यो कुरामा विश्वास गर्छन् कि समाजमा विद्यमान सबै शोषण, उत्पीडनको अन्त भएपछि नै समाजको वास्तविक रूपमा विकास हुन सक्दछ ।

    जलजलाका मनमा समाजमा त्यस प्रकारका क्रान्तिकारी भावनाहरूको लगातार विकास हुँदै जाने कुरामा अगाध विश्वास लागेर आयो ।
    कम्युनिस्टहरू बिग्रेर गएका असङ्ख्य उदाहरण छन् तर विश्व कम्युनिस्ट आन्दोलनमा आफूलाई पूरै समर्पित गरेर लागेका कम्युनिस्टको सङ्ख्या पनि धेरै ठुलो छ र त्यो सङ्ख्या अरू बढ्दै जाने छ ।

    संसारमा कम्युनिस्टले मात्र होइन, संसारमा कम्युनिस्ट आन्दोलन सुरु हुनुभन्दा पहिले पनि हजारौँ हजार क्रान्तिकारीले समाजलाई बदल्न त्यहाँ भएका अन्याय, अत्याचारका विरुद्ध लामो सङ्घर्ष गर्दै आएका छन् । त्याग र बलिदान गर्दै आएका छन् । आफ्नो सम्पूर्ण जीवन आफ्नो उद्देश्य पूरा गर्न समर्पण गर्दै आएका छन् । त्यो क्रान्तिकारी इतिहासमा कम्युनिस्टले सुनौलो पृष्ठ थपेका छन् । सुनौला परिच्छेदहरू जोडिएका छन् ।

    प्रत्येक युगका क्रान्तिकारीमा कैयौँ कमजोरी देखा पर्ने गर्दछन् तर त्यस प्रकारको कमजोरीबाट माथि उठ्दै क्रान्तिकारी आन्दोलन अगाडि बढ्दै गयो । समाजको अवस्थामा परिवर्तन हुँदै गयो । दासयुग अन्त भयो । सामन्तवाद पराजित भयो । राजतन्त्र समाप्त हुँदै गयो । त्यही प्रकारले पुँजीवादको पनि अन्त हुने छ ।

    विभिन्न देशका कम्युनिस्टहरू एक वा अर्को प्रकारले बिग्रन सक्छन् । आफ्नो क्रान्तिकारी पथबाट हट्न सक्छन् तर भौतिक परिस्थितिले क्रान्तिका लागि परिस्थिति तयार पार्दै लैजान्छ । त्यो अवस्थामा क्रान्तिको प्रवाहलाई अगाडि बढाउन पुनः नयाँ क्रान्तिकारी पैदा हुन्छन् । नयाँ क्रान्तिकारी पीढी तयार हुँदै जान्छ ।

    क्रान्तिमा गत्यावरोध आउन सक्दछ तर त्यो अस्थायी कुरा हो । स्थायी कुरा यो हो– त्यो लगातार अगाडि बढिरहन्छ । एउटा चरणदेखि अर्को चरणसम्म । एउटा युगदेखि अर्को युगसम्म ।

    अन्धकारको बिचमा प्रकाशको आगमनमाथि उनलाई अगाध विश्वास थियो ।
    सामाजिक वा आर्थिक अवस्थामा हुने परिवर्तनले पनि क्रान्तिको आवश्यकतालाई अरू बढाउँदै लैजाने छ । त्यसरी अन्तमा विश्व स्तरमा नै क्रान्तिकारी आन्दोलन वा समाजवादी क्रान्ति सफल हुने छ भन्ने कुरामा जलजलालाई पूरा विश्वास थियो ।

    उनलाई लाग्यो, कतै सुदूर अतीतबाट एउटा ज्योति फैलिँदै आइरहेको छ र त्यो सारा संसारमा व्याप्त हुँदै गइरहेको छ । त्यो आशाको ज्योति थियो । क्रान्तिको ज्योति थियो । त्यो ज्योतिले उज्ज्वल भविष्यको सन्देश दिइरहेको थियो ।

    बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    कांग्रेस विभाजनपछि एमालेसहितका दलमा पनि विभाजनको खतरा : पूर्णबहादुर खड्का

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.