• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

खोप लगाएपछि बालिकाको मृत्यु प्रकरणः अनुसन्धान टोली गठन


  •   आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
  • काठमाडौं । इलामको माङसेबुङ गाउँपालिकामा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको विषयमा अध्ययन गर्न विज्ञ टोली गठन गरिएको छ । वडा नं ५ का अध्यक्ष नरेन्द्र कुमार राईको संयोजकत्वमा गठित समितिमा स्वास्थ्यकर्मीहरु सहितको विज्ञ टोली सदस्य छन् ।

    Advertisement

    पीडित पक्ष र गाउँपालिकाबीच भएको छलफलपछि अनुसन्धान समिति गठन गरिएको गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले जानकारी दिनुभयो । ‘पीडित पक्षले खोपका कारण बालिकाको ज्यान गएको भन्नुभएको छ तर, स्वास्थ्यकर्मीहरुले त्यसलाई अस्विकार गर्दै आउनुभएको छ’ उपाध्यक्ष सुब्बाले भन्नुभयो, ‘घटनाबारे अनुसन्धान गर्न विज्ञ टोली बनाएका छौं । उहाँहरुले अध्ययन गरेपछि नै यथार्थ कुरा थाह हुनेछ ।’

    माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका छन् ।

    उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको थियो ।

    शिशुलाई गत २२ मंसिरमा जन्मनासाथ दिनुपर्ने बीसीजीसहित ६ साताभित्र लगाइसक्नुपर्ने एफआईटीभी, डीपीटी र पीभीसी एकैपटक दिइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै एकैपटक चारवटै खोप लगाइएको थियो ।

    मृतक बालिकाका एक आफन्तले पहिले बालिका स्वस्थ रहेको र खोप लगाएकै रातिदेखि बिरामी परेकाले खोपकै कारण मृत्यु भएको दाबी गरे । उनले भने, ‘नानी स्वस्थ थियो । दिउँसो खोप लगाएर घर लगेपछि ज्वरो आयो । राति साह्रै बिरामी परेपछि अस्पताल लगेका हौं । तर बचाउन सकिएन ।’

    यता, स्वास्थ्यकर्मीहरूले खोपकै कारण शिशुको मृत्यु नभएको बताएका छन् । सिमलटार स्वास्थ्य ईकाईका इन्चार्ज दिलकुमारी योङहाङले खोपका कारण बालिकाको मृत्यु भएको कुनै प्रमाण नभएको दाबी गर्नुभएको छ ।

    दिलकुमारीले नेपाल सरकारको तालिकाअनुसार नै स्वास्थ्यकर्मीहरूले खोप दिएकाले मृत्युको कारण खोप नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले तेकेको मापदण्ड अनुसार नै खोप लगाइएको हो । खोपका कारण बालिकाको मृत्यु नभएर अन्य कारणले हुनसक्छ ।’

    स्वास्थ्यकर्मी योङहाङले मंसिर २२ गते खोप लगाइएकोमा २४ गते बच्चाको मृत्यु भएको तर, २८ गतेसम्म परिवारले कुनै प्रतिकृया नदिएको दाबी गर्नुभयो । बालिकोको पोष्टमार्टमा लगायत शव परीक्षण नै नगरी अन्त्येष्टि गरिएको उहाँको भनाई छ । खोप लगाएपछि बच्चामा कुनै प्रतिकृया नदेखिएको योङहाङले बताउनुभयो ।

    उहाँले मृतक बच्चालाई जस्तै अन्य तीन जना बच्चालाई पनि बीसीजी सहितका खोप दिएकोमा कुनैमा पनि प्रतिकृया नदेखिएको बताउनुभयो । ‘यदी खोपका कारण नानीको मृत्यु भएको भए अन्य बच्चामा पनि रियाक्सन देखिनुपर्ने हो तर, कसैलाई पनि कुनै बिसञ्चो भएन’ उहाँले भन्नुभयो ।

    यो पनि पढ्नुहोस्ःएकै पटक चारवटा खोप लगाइदिँदा डेढ महिने बालिकाको मृत्यु

    आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.