टेकराज भुसाल (टेकु) बुटवल ।
इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बीसीजी खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बीसीजी खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउँदा डेढ महिनाकी बालिका बुनु देवानको मृत्यु भएको छ।
एकैपटक चारवटा सुई लगाएपछि भार थेग्न नसकेर बिरामी भएकी बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको लागि माग गरेका छन्।
आकस्मिक घटना घटेको र यस घटनाको सत्य तथ्य बाहिर आई नसकेको त्यसको निम्ति मृतक परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज चारै पक्ष पुस ३ गते बिहीबार उक्त बिषयमा छलफल गरि घटनालाई टुंगोमा पुर्याउने सहमति भएको स्थानीय आशिष जबेगु लिम्बूले युगदर्शनलाई बताउनु भएको छ ।
स्वास्थ्यकर्मीहरुले अकल्पनीय घटना घटेको र आफूहरुले सरकारको नियम अनुसार नै सुई प्रयोग गरेको बताउँदै आएका छन् ।