काठमाडौं । काठमाडौंमा साउन ७ गतेदेखि ९ गतेसम्म चित्रकला प्रदर्शनी हुने भएको छ । प्यूठानको झिमरूक र गौमुखी क्षेत्रमा पुगेर १० जना कलाकारहरूद्वारा सिर्जना गरिएका चित्रहरू प्रदर्शन गर्न लागिएका हुन् ।
ऎतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक आदि पक्षहरू समेटिएका ऎतिहासिक महत्त्व राख्ने चित्रहरू प्रदर्शन हुने भएको हो ।
नेपाल कला परिषद्, (आर्ट काउन्सिल) बबरमहल, काठमाडौंमा प्रदर्शनी हुने भएको हो । झिमरुक गाउँपालिकाले आयोजना गरेको प्रदर्शनीमा निशुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।
प्यूठान र देशका सम्पूर्ण कलाप्रेमी र आम जनतालाई प्रदर्शनीमा अवलोकनको लागि अनुरोध गरिएको छ । प्रदर्शनी तयारीको सबै कार्य सम्पन्न भइसकेको कलाकार रतनकुमार राइले जानकारी दिनुभएको छ ।
उहाँले सबैलाई प्रदर्शनी अवलोकन गर्न अनुरोध गर्नुभएको छ । आफ्ना चित्रहरू प्रदर्शनीको तयारी गर्न पाउँदा सबै कलाकार उत्साहित भएको पनि राइले बताउनुभयो ।
चित्रकारहरू रतनकुमार राई, जीवन राजोपाध्याय, नरेश सैंजु, कुन्ती थापामगर, सुजिता महर्जन, सुदेशा श्रेष्ठ, सारा राई, राजकुमार रानामगर, मुकेश श्रेष्ठले बनाएका चित्रहरू प्रदर्शन हुने बताइएको छ । सुदर्शन कार्कीले खिचेका फोटोहरू पनि राखिने भएको छ ।