नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीका नेता तिलक प्रसाद सुवेदीले आफ्ना बुवाको नाममा एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।
Advertisement
बुवा सालिक राम सुवेदीको नाममा बर्दघाट नगरपालिका वार्ड नं. १२ स्थित नित्यानन्द रत्न कुमारी माध्यमिक विद्यालय, जहदामा अक्षयकोष खडा गरिएको हो ।

अक्षयकोषबाट प्राप्त रकमले सो विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
नेता तिलकप्रसाद सुवेदीका बुवा सालिकरामको गत वर्ष असार १६ गते ८० वर्षको उमेरमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
