• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

घुस बार्गेनिङ प्रकरण : न्यायाधीश कोइरालालाई काम गर्न रोक, छानबिन समिति गठन


  •   बुधबार, असार ०८, २०७९ मा प्रकाशित
  • काठमाडौं । २ करोड बार्गेनिङमा मुछिएका काठमाडौं जिल्ला न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न न्याय परिषदले समिति गठन गरेको छ ।

    Advertisement

    न्याय परिषद सदस्य रामकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनेको हो । समितिमा उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल सदस्य छन् । समितिले ४५ दिनभित्रमा प्रतिवेदन बुझाउने छ ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीश कोइरालालाई छानबिन नसकिएसम्म जिम्मेवारी मुक्त गर्ने निर्णय गरेको छ ।

    सहकारी सञ्चालक इच्छाराज तामाङलाई १० करोड धरौटीमा छाड्ने र त्यसबापत २ करोड रुपैयाँ लिने कुरा भएको अडिओ सार्वजनिक भएको थियो । अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश कोइरालाबीचको अडियो सार्वजनिक भएसँगै बुधबार न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको थियो ।

    हाल तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा छन् ।  यता, न्यायधीश कोइरालाले भने आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका छन् ।

    छानबिनमा तानिएपछि न्यायाधीश कोइरालालले लेखेका छन्, ‘म बारे आज आएका समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निस्पक्ष भूमिका निर्वाह गरेको छु ।’

    वकिललाई सोधियो स्पष्टीकरण
    यता, न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्र पोखरेलविरुद्ध नेपाल बार काउन्सिलले स्पष्टीकरण सोधेको छ । काउन्सिलको बुधबार बसेको बोर्ड बैठक र त्यसपछि बसेको अनुसाशन समितिको बैठकले उनलाई ७ दिनभित्रमा यस बारेमा जवाफ दिन भनेको हो ।

    सार्वजनिक भएको अडियो र नेपाल बार एसोसियशनको विज्ञप्तिलाई आधार मानेर बार काउन्सिलले म्याद जारी गर्ने निर्णय गरेको हो। बोर्ड बैठकले पोखरेललाई कारबाही गर्न अनुशासन समितिमा सिफारिस गरेको थियो ।

    महान्यायाधीवक्ता खम्मबहादुर खाती नेतृत्वको अनुसाशन समितिमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य छन् । पोखरेलको प्रमाण पत्र नै रद्द हुन सक्छ । पोखरेल नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्षसमेत हुन् ।

    सर्वोच्च बारद्वारा कारबाहीको माग
    यता, सर्वोच्च अदालत बार एशोसिएशनले घुस बार्गेनिङ प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेललाई कारबाही गर्न माग गरेको छ ।

    न्यायाधीश कोइराला र वकिल पोखरेलको बार्गेनिङले कानून व्यवसायमाथि नै आघात पुर्याएको बारले जनाएको छ।

    उक्त अडियो रेकर्डेड संवादको विषयले न्यायालयको स्वतन्त्रता, गरिमा र सम्मान तथा कानून व्यवसायीको व्यावसायिक मर्यादा र निष्ठामाथि नै गम्भीर प्रहार गरेको बारको ठहर छ । सो घटनाको यथाशीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई उक्त अवाञ्छित, अमर्यादित र अनुचित कार्यमा संलग्न सम्पूर्ण व्यक्तिप्रति आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसमक्ष बारले आग्रह गरेको छ ।

    साथै उक्त घटनाको छानबिनबाट उचित निकास नआएसम्म सो संवादमा उल्लेख भएका विवादित व्यक्तिहरुलाई आ–आफ्नो जिम्मेवारीबाट अलग राख्नसमेत सम्बन्धित बारले माग गरेको छ ।

    बुधबार, असार ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.