काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका पूर्वअध्यक्ष प्रेम केसीप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले श्रद्वाञ्जली अर्पण गरेको छ ।
नेता केसीको निधनले पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको मसालले जनाएको छ ।
मंगलबार महामन्त्री मोहनविक्र सिंहले विज्ञप्ति जारी गरी केसी पार्टीको कर्तव्यनिष्ट, इमान्दार र अनुशासित सदस्य हुनुहुन्थ्यो भन्नुभएको छ ।
यस्तो छ शोक वक्तव्य :
‘बाग्लुङ जैमुनि नगरपालिका–१० निवासी का प्रेम केसी का. (प्रदीप)को ७६ वर्षको उमेरमा २०७९ जेष्ठ २९ गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । उहाँ लामो समयसम्म दक्षिण भारतको हैदरावादमा रहनु भएकोे थियो । त्यहाँ रहँदा उहाँ मूलप्रवाह नेपाली एकता समाजमा कार्यरत रहनु भएको थियो । उहाँ हाम्रो पार्टीको कर्तव्यनिष्ट, इमान्दार र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’
मोहनविक्रम सिंह
महामन्त्री