• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्रविरुद्ध संघर्ष गर्न मसालको अपिल


  •   सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्र भएको भन्दै त्यसविरुद्ध कडा आवाज उठाउन आह्वान गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले सोमबार वक्तव्य प्रकाशित गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई स्वीकार गर्न नेपालमाथि दबाब दिइरहेको बताउनु भएको छ ।

    ‘एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यसलाई स्वीकार गरेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल हुनु हुनेछ’ वक्तव्यमा भनिएको छ, ‘त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ ।’

    मसालले अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैनिक क्याम्पमा लैजानका लागि लगातार बढाउँदै लगिरहेको गतिविधिलाई गम्भीर रूपमा लिँदै त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    वक्तव्यमा भनिएको छ :
    ‘संसदले एमसीसी सम्झौता पारित गरेपछि अमेरिकाले नेपाललाई क्रमशः आफ्नो सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न बढाउँदै लगेको देखिन्छ । त्यसका लागि अमेरिकी उच्च वा सैनिक अधिकारीहरुले बारम्बार नेपालमा भ्रमण गरेर सरकारमाथि त्यसका लागि दबाब दिन थालेका छन् । त्यसबाट एमसीसी को मुख्य उद्देश्य नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजानु नै हो भन्ने कुरा झन् पछि झन् छर्लग हुँदै गइरहेको छ ।

    संसदले एमसीसी पारित गरेको लगत्तै अमेरिकाले आफ्ना तिब्बत मामिला हेर्ने प्रमुखलाई नेपाल पठाएको थियो । उनले देहराधुन गएर दलाई लामालाई भेटेकी थिइन् र काठमाडौ आएर तिब्बती शरनार्थी नेताहरूलाई भेटेकी थिइन् । उनको त्यो भ्रमणको उद्देश्य नेपाल सरकारको तिब्बत सम्बन्धी असंलग्न परराष्ट्र नीतिमा परिवर्तन गरेर नेपाललाई अमेरिकाको तिब्बती सम्बन्धी साम्राज्यवादी नीतिका पक्षमा लैजानु नै थियो । हाम्रो पार्टीले त्यो बेला नै त्यसको विरोध गरेको थियो ।

    अहिले यू.एस. आर्मी प्यासिफिकका कमाण्डरले पनि नेपाललाई अमेरिकाको सैनिक रणनीतिको पक्षमा लैजान नै नेपालको भ्रमण गरेका छन् । अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई स्वीकार गर्न नेपालमाथि दबाब दिइरहेको छ । सन् २०१५ मा अमेरिकी सेनाले त्यो प्रस्ताव नेपाललाई पठाएको थियो । नेपाल सरकारले त्यसको कुनै जवाफ नदिएपछि सन् २०१९ सालमा ओली सरकारको पालामा अमेरिकाले त्यसका लागि पुनः ताकेता गरेको थियो । २ महिना पहिले त्यो प्रस्तावमा केही परिमार्जन गरेर त्यसको मस्यौदा अमेरिकाले नेपाल सरकारलाई पठाएको छ र त्यसलाई स्वीकार गर्न दबाब दिइरहेको छ ।

    एसपीपी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अङ्ग हो । त्यसलाई स्वीकार गरेपछि नेपाल प्रत्यक्ष रूपले नै इन्डोप्यासिफिक रणनीतिमा सामेल हुनु हुनेछ । त्यसको परिणामस्वरुप नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र नेपाल पूरै नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनेछ ।

    अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैनिक क्याम्पमा लैजानका लागि लगातार बढाउँदै लगिरहेको गतिविधिलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले गम्भीर रूपमा लिन्छ र त्यसका विरुद्ध कडा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छ ।’
    २०७९ जेष्ठ ३० गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    सोमबार, जेठ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.