टेकराज भुसाल, सन्धिखर्क ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को आयोजनामा भूमिकास्थानको ढाकाबाङमा बृहत् सांस्कृतिक सभा हुने भएको छ ।
Advertisement
अखिल (छैठौं) विश्व मावि मूल एकाइ समिति ढाकाबाङको आयोजनामा आगामी जेठ ३१ गते मङ्गलबार जेठे (भुमे) पूर्णिमाको अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रम आयोजना गर्ने अखिल (छैठौं) ले जनाएको छ ।
अखिल (छैठौं) तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय स्तरका नेताहरूबाट सम्बोधन हुने कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय तथा जिल्ला स्तरीय कलाकारबाट बेजोड सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।