काठमाडौं । प्रहरीले धाक धम्की दिइ सात करोड रुपैयाँ माग गरेका आरोपमा सात जनालाई पक्राउ गरेको छ ।
Advertisement
योजनावद्ध तरिकाले पीडितलाई पटक–पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई रू ७ करोड माग गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी, वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की छन्। पक्राउ पर्नेमा सुजन आचार्य र वसन्ता खनाल पत्रकार हुन्।
सुजन यसअघि मकवानपुरमा लुटपाटको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेकामाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो।