काठमाडौँ । मोरङ बेलबारी नगरपालिकाको मेयरमा नेकपा (एमाले) का दिलप्रसाद राई राई तथा उपमेयरमा नेपाली काङ्ग्रेसकी नितु थापा कोइराला विजयी हुनुभएको छ ।
Advertisement
शुक्रबार सकिएको मतगणनामा मेयर राईले ८०० मतले तथा उपमेयर थापाले ११८ मतले निकट्तम प्रतिद्वन्द्वीलाई पराजित गर्नुभएको हो ।
नेपाली काङ्ग्रेसका महेन्दप्रसाद सुवेदी मेयरका र नेकपा (एमाले) की तिलकुमारी न्यौपाने (तिला गौतम) उपमेयरका निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्यो ।