जगदीश ढकाल, नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिकामा संयुक्त चुनावी सभा सम्पन्न भएको छ । संयुक्त रुपमा निर्वाचनमा होमिएका राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) ले चुनावी सभाको आयोजना गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सल्लाहकार एवम् खजुरा गाउँपालिका उपाध्यक्षका उम्मेदवार मोमिना खातुनले प्रतिगामी षड्यन्त्रलाई परास्त गर्नको लागि आफ्नो टिमलाई विजयी गराउन सबैमा अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमका एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले उच्च मनोवलका साथ चुनावी अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सभामा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका अध्यक्षका उम्मेदवार होमनाथ साप्कोटा, लालबहादुर खत्री लगाएतले सम्बोधन गर्नुभएको थियो ।
खजुरा गाउँपालिका एकीकृत समाजवादीका अध्यक्ष जीतबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न सभामा राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकाल, एकीकृत समाजवादीका नेताहरू अर्जुन उप्रेती, भद्र प्रसाद देवकोटा, अनेमसंघकी नेत्री कल्पना पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।